माेटरसाईकल दुर्घटनामा परी बेलडाँडीका एक युवककाे मृत्यु

Uncategorized मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/ बेलडाँडी,कञ्चनपुर-कञ्चनपुरकाे बेलडाँडी हुलाकी सडकखण्डमा परेकाे खाल्डाेमा परी माेटरसाईकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ ।

मंगलबार दिउँसाे बेलडाँडी गाउँपालिका-१ आनन्द टोलमा मोटरसाईकल दुर्घटना हुँदा स्थानिय राधाकृष्ण टोल बस्ने अन्दाजी २५ वर्षीय सुनिल सार्कीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलडाँडीका ईन्चार्ज प्रहरी निरीक्षक कृष्ण बहादुर कुँवरले कञ्चनपुर खबरलाई जानकारी दिनुभयो ।

हुलाकी सडक खण्डमा परेको ठूलो खाल्डोमा परी माेटरसाईकल उछिट्टिएर अनियन्त्रित भएर दुर्घटना हुँदा गम्भीर घाइते भएका सार्कीको उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लैजादै गर्दा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

केही दिन अघि मात्रै दिल्लीबाट घर फर्केका सार्किका श्रीमती र एक सानाे बच्चा छ । उनले माेटरसाईकल चलाउदा हेलमेट प्रयाेग गरेका थिएनन । यदि हेलमेट भएकाे भए बाच्न सक्ने अवस्था रहन्थ्याे प्रहरी निरिक्षक कुवँरले बताए ।

यसरी सडकमा परेकाे खाल्डाे पुर्न नसक्नु स्थानिय सरकार र ठेकेदारकाे लापर्वाहिका कारण घटना हुनु पुगेकाे नेकपा एमाले बेलडाँडी नेता शंकर दत्त भट्टले बताउनु भयाे । दुर्घटना जाेखिम भएकाे सडकमा परेकाे खाल्डाे पुर्न बेलडाँडीका जनप्रतिनिधिले बेवास्ता देखाउदा यस्ताे दर्घटना निम्तिएकाे नेता भट्टकाे आरोप रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *