रमेश प्रसाद भट्ट/कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भन्सार छलिका डेढलाख बढि मुल्यका कपडा सहित अन्य समान बरामद गरेकाे छ ।
शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा भिमदत्त नगरपालिका वडा-४ बसपार्कबाट अवैध रुपमा भन्सार छली गरी ल्याएका बेवारिसे अन्दाजि एक लाख ६६ हजार ४ सय मुल्य बराबरका कपडा र अन्य समान बरामद् गरेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रकाश डाँगीले कञ्चनपुर खबरलाई जानकारी दिनु भयाे ।
उहाँका अनुसार बरामद् हुनेमा सुट,धोती,पशुको औषधी,सादा पिस सुट,सादा कपडा,वैट्रोलैक्स र बच्चाका सेन्डिल लगायत बिभिन्न किसिमका सामान रहेकाे बताए ।
बरामद समान कानुन बमोजिम आवश्यक कार्वाहीको लागि आज आइतबार भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुर पठाईएको प्रबक्ता प्रहरी नायव उपरिक्षक डाँगीले बताउनु भयाे । कञ्चनपुर प्रहरीले तस्कर माथिकाे एक्सन जारी राखेकाे उनले बताए ।

