बेलडाँडीमा यसबर्ष `रामलिला´ हुने

मुख्य खवर राजनीति विचित्र संसार विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर-  जिल्लाकाे बेलडाँडी गाउँपालिकामा यस बर्ष भगवान रामकाे कथामा आधारित `रामलीला´ आयोजना हुने भएको छ ।    दशैँ तथा तिहारलाई विचमा पर्नेगरी रामलीला आयोजना हुने  रामलीला समितिका अध्यक्ष गोपाल सिंह गुरुङले कञ्चनपुर खबरलाई जानकारी दिनु भयो ।

शनिबार (आज) बेलडाँडी रामलीला समितिका पदाधिकारी, राजनैतिक दलका प्रतिनिधि, रामलिला समितिका आजीवन सदस्यहरूकाे भेलाबाट राललिला कार्यक्रम गरिने निर्णय गरिएकाे समितिका अध्यक्ष गुरूङले बताउनु भयाे ।

उनले भने “आउदाे कार्तिक महिनामा लाग्ने रामलीलाका लागि गर्न पर्ने सबै तयारी समेत छिट्टै गरिने अध्यक्ष गुरूङले बताए ।” हामिले आउदाे कार्तिक महिनाकाे ११ गते काेजागत पुर्णिमा देखि २३ गते सम्म रामलिला लागाउने गरि तयारी र छलफल अघि बढेकाे बताउदै सबै पक्षबाट सकारात्म बुझाब आएकाे उनले बताए ।

रामलिला कार्यक्रमका लागि विभिन्न समिति तथा उप-समिति समेत गठन कार्य समेत भईरहेकाे उनकाे भनाई छ । रामलिलाकाे उदेश्य समाजलाई धार्मिक कथाका रूपमा नैतिक शिक्षा दिनु रहेकाे बताउनु भयाे ।

केही बर्ष अघि पनि बेलडाँडीमा रामलिला लागेकाे थियाे ।तर विचमा काेराेनाले गर्दा लाग्न सकेकाे थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *