डिल्लीराज पन्त/कञ्चनपुर- सुदुरपश्चिम प्रदेशमा धुमधामका साथ मनाईने गौरा पर्व सोमवार देखी नै आरम्भ भएको छ । परापुर्वकाल देखी हरेक वर्ष भाद्र पञ्चमी देखी परम्परागत रुपमा मनाईने गौरा पर्व पञ्च (विरुडा) भिजाएर पर्वको थालनी गरीएने भएपनी आज(अष्टमी)का दिन भने यस पर्वको मुख्य दिन मान्ने चलन रहेको छ । आजका दिन गौराष्ठमी अर्थात अठेवाली पर्वका रुपमा मनाईदै आएको पाईन्छ ।
सुदुरपश्चिमेली हरुको महान चाड गौरा पर्व को आज प्रमुख दिन गौराष्टमी अर्थात अठेवाली पर्व मनाईदै छ । गौरा देवीलाई मठ मन्दिर तथा घर भित्र वाट वाहिर ल्याई गौरी तथा शिव अर्थात उमा महेश्वरकोे पुजा अर्चना गर्दे धुमधाम संग पर्व मनाईदै छ ।
आज विहानै ब्रतालु महिलाहरुले न्वाईध्वाई गरी गौरा खला मा गई गौरा देवी लाई वाहिर ल्याएर उमा– महेश्वरको पुजा अर्चना गरेपछि सप्तमीको दिन गौरा देविमा आफुले चढाएका दुव धागो लाई निकालेर गलामा लगाउने गर्दछन । अमर–अटलको प्रतिक दुवोको समेत पुजा गरीने भएकाले आजकै दिनलाई दुर्वाष्टमी पनि भन्ने चलन छ ।
सप्तमिका दिन शुद्ध कासले वनाएर घरमा भित्र्याएको गौरा देविको मुर्ति र काठको महेश्वरको मुर्ति लाई घरवाहिर ल्याएपछि ब्रतालु महिलाहरुले पालैपालो ति गौरा देवी र महेश्वर लाई टाउको मा राखी खेलाउने गर्दछन ।यसरी खेलाउदा उनीहरुले गौरा गित गाउने गर्दछन जसलाई (फाग) भन्ने गरीन्छ ।
दिनभरीको उमा महेशवरको पुजा अर्चना गरिसकेपछि गौरापर्व थालनी गरीएका दिनमा भिजाएका पञ्चअन्न लाई वाडेर ब्रत वसेका महिलाहरुले आ–आफ्ना घर लैजाने विरुडा केहि भागले घर परिवार का सदस्यलाई पुज्ने र वाकि रहेको विरुडा लाई भुटेर प्रसादको रुपमा खाने गर्दछन ।
आजै देखि विभिन्न मठ, मन्दिर,चौक– चौतारा लगायत सार्वजनिक स्थलहरुमा लोक भाकामा महिला तथा पुररुषहरु देवि देवताका गाथा सहितका गित गाउदै देउडा खेल्ने र डेउडाकै माध्यम वाट देशको राजनितिक परिवेश र विसंगती विरुद्ध व्यंग गरी मनोरञ्जन गरिने नागरिक अगुवा हर्केश विष्ट वताउछन ।
यो पर्वको थालनी भाद्र पञ्चमीका दिन महिलाहरुले गहु, केराऊ,गहत, मास र गुरौस मिसाएर तामाका भाडामा पञ्चअन्नलाई भिजाएर हुने भएपनी समापनको भने निश्चित तिथि भएको पाईदैन । सामान्यतया गौरा पर्व एक साता सम्म मनाइने भने गौरा पर्वको अवसर पारेर जिल्ला अनुसार फरक फरक भाका र शैलीमा खेलिने डेउडा खेलमा महिला तथा पुरुषले आ आफ्नो समूह बनाएर डेउडा गित गाउदै खेल खेल्ने गर्दछन् ।
गौरा विर्सजन नभए सम्म गौरा घर, मठ–मन्दिर, चोतारा लगायत सार्वजनिक ठाउमा पुरुष र महिला छुट्टा छुट्टै रुपमा गोलवद्ध भई स्थानिय लोकभाकामा देउडा, चैतली, धमारी ढुस्को खेलेर मनोरन्जन गर्ने गरेको पाईन्छ । ।
यस पर्वमा शिव –पार्वतीको पुजा गर्ने गर्दछन ।पार्वतीले शिव पती पाएझै अविवाहित महिलाले शिव जस्तै पति पाउभनी ब्रत वस्दछन भने विवाहित महिहलाहरुले पतिको दिर्घायुको कामना गर्ने गर्दछन ।
गौरा विसर्जन नगरीए सम्म गोरा घर, विभिन्न चौतारा तथा सार्वजनीक स्थलहरुमा पुरुष तथा महिलाहरु छुट्टा छुट्रटै रुपमा गोलवद्ध भई स्थानिय लोक भाकामा डेउडा, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेल खेलेर मनोरञ्जन गर्ने गरेका संस्कृति रक्षक देवि भारती वताउछन ।
पछिल्लो समय गौरा पर्व सुदुरपश्चिममा मात्र नभई संघिय राजधानी काठमाडौंमा समेत धुमधाम संग मनाईदै आएको छ । त्यसैले पनी यस्ताखाले मौलिक तथा परम्परागत धार्मीक महत्व वोकेका पर्वहरुलाई संरक्षण र सम्वर्धन गर्नकालागी भावि पुस्ताहरुले समेत लाग्नुपर्ने जरुरी छ ।

