गड्डाचाैकि सडक खण्डमा चक्का जाम

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– गड्डाचौकी सडक खण्डमा चक्काजाम गरिएको छ। इन्टरनेट प्रदायक कम्पनीको लापरबाहीका कारण युवकको मृत्यु भएको भन्दै कञ्चनपुरको गड्डाचौकी सडक खण्डमा चक्काजाम गरिएको हो।

बुधवार साँझ इन्टरनेटको तार टाउकोमा लगेर स्थानीय दिनेश ओडको मृत्यु भएको भन्दै आफन्त र स्थानीयले आज(बिहिवार) बिहानैबाट प्रदर्शन गरेका हुन्। उनीहरूले भीमदत्त नगरपालिका–५ सुकासाल अन्तर्गतको सडकमा ढुंगा राख्दै टायर बालेर चक्काजाम गरेका छन्।

जथाभावी तार छाड्ने कम्पनीलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने मागसहित प्रदर्शन गरेको स्थानीय विशाल कुमार तिरुवाले बताए। गड्डाचौकी सडक खण्ड अवरुद्ध हुँदा नेपाल भारत आवतजावत गर्ने यात्रुलाई सास्ती भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *