कञ्चनपुरमा १३ नयाँ इन्सपेक्टर काे कहाँ ?

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर।  प्रहरी प्रधान कार्यालयले ९५८ जना प्रहरी निरीक्षकहरूको एकै पटक सरुवा गरेको छ। विभिन्न ठाउँमा काजमा रहेकाहरूलाई समेत सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

यो सरुवासंगै कञ्चनपुरमा १३ जना प्रहरी निरीक्षक फेरिएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक उमेश बहादुर चन्दको जुम्ला सरुवा भएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय जुम्लाको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा सरुवा गरिएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरको प्रमुखमा प्रहरी निरीक्षक नरेश वि.क. आएका छन्। उनी जिल्ला प्रहरी कार्यालय दैलेखको मानवश्रोत व्यवस्थापन शाखाबाट ट्राफिकमा सरुवा भएका हुन।

वडा प्रहरी कार्यालय महेन्द्रनगरको कमाण्ड अब प्रहरी निरीक्षक यामबहादुर मल्लले सम्हाल्ने छन्। उनी कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतबाट सरुवा भएका हुन।

यसअघि वडा प्रहरी कार्यालयको इन्चार्ज प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी थिए। उनको यसअघि नै नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा सरुवा भएको थियो।

तर वडा प्रहरी कार्यालयमा नयाँ नेतृत्व नआएकाले उनले कमाण्ड सम्हालिरहेका थिए। अब भण्डारीको नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा पदस्थापन हुनेछ।

ईलाका प्रहरी कार्यालय झलारीमा बीरबहादुर बुढाऐरको सरुवा भएको छ। एनको नेपाल प्रहरी आश्रित गुल्म नं. ३ जगन्नाथदेवल काठमाडौँबाट यहाँ सरुवा भएको हो।

ईलाका प्रहरी कार्यालय बेलडाँडीको इन्चार्जको जिम्मेवारी प्रहरी निरीक्षक कृष्णबहादुर कुँवरले पाएका छन्। उनलाई लागुऔषध नियन्त्रण ब्यूरो सूचना विश्लेषण तथा कारबाही शाखा कोटेश्वरबाट बेलडाँडी खटाइएको छ।

ईलाका प्रहरी कार्यालय बेलौरीमा प्रहरी निरीक्षक गौरीप्रसाद जैसी आएका छन्। उनी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको लेखा शाखाबाट बेलौरी सरुवा भएका हुन।

प्रहरी निरीक्षक जगदिश प्रसाद भट्टको कर्णाली प्रदेश प्रहरी तालिम शाखा सुर्खेतबाट नेपाल प्रहरी प्रदेश कार्यालय केन्द्रीय अनुसन्धन इकाइ महेन्द्रनगरमा सरुवा भएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीमा दरबन्दी रहेका प्रहरी निरीक्षक धन रावल नेपाल प्रहरी अपराध अनुसन्धान कञ्चनपुुरमा खटिएका छन्। ईलाका प्रहरी कार्यालय सुगरखालचवा लम्की कैलालीमा दरबन्दी भएका प्रहरी निरीक्षक  नरपति भट्ट नेपाल प्रहरी प्रदेश कार्यालय अन्वेश्षण योजना शाखा महेन्द्रनगर पुगेका छन्।

प्रहरी निरीक्षक हेमराज भट्टले ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको कमाण्ड सम्हाल्ने मौका पाएका छन्। भट्टको प्रहरी वृत्त नयाँ बानेश्वर काठमाडौँबाट त्रिभुवनबस्ती सरुवा भएको हो।

ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको इन्चार्जम प्रहरी निरीक्षक होम प्रकाश चौधरी आएका छन्। चौधरी लुम्बिनी प्रदेश प्रहरी कार्यालय भर्ना छनोट शाखा दाङबाट दोधारा चाँदनी पुगेका हुन।

जिल्ला प्रहरी कार्यालय जाजरकोट दरबन्दी भएका प्रहरी निरीक्षक पुष्करराज पन्त जिल्ला प्रहरी कार्यालयको अपराध नियन्त्रण तथा अनुसन्धन शाखामा खटिएका छन्।

प्रहरी निरीक्षक सन्दिप चन्द शाह सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म महेन्द्रनगरमा सरुवा भएका छन्। उनी विशेष सुरक्षा गण महेन्द्रनगरमा थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *