कञ्चनपुरमा ३ नाल भरूवा बन्दुक बरामद, मानिस फरार

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर- कञ्चनपुर प्रहरीले ३ नाल भरूवा बन्दुक बरामद् गरेकाे छ । सोमबार विहान करिब ७ बजेतिर जिल्लाकाे कृष्णपुर नगरपालिका-१ कुमगडा स्थित राष्ट्रिय बन क्षेत्रबाट ३ नाल भरूवा बन्दुक बरामद् गरेकाे हाे ।

अस्थायी प्रहरी पाेष्ट पहरीया कञ्चनपुरबाट खटिगएको प्रहरी टोलिले गस्ती गर्दै जाने क्रममा राष्ट्रिय बनमा तीन जना व्यक्तिहरुले ३ नाल भरुवा बन्दुक सहित हिँडिरहेको अबस्थामा प्रहरी गस्ती टोलीलाई देख्ना साथ बन्दुक भुइमा फाली जंगल तर्फ भागेकाले बन्दुक बरामद् गरीएकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रकाश डाँगीले कञ्चनपुर खबरलाई बताउनु भयाे ।

उहाँका अनुसार फरारहरुको खोजी कार्य भईरहेको छ । तिनिहरू वन क्षेत्रमा सिकार खेल्न गएका हुन सक्ने प्रहरीकाे आशंका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *