बेलाैरीमा जिपकाे ठक्करबाट माेटरसाईकल चालक घाईते

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर-जिल्लाकाे बेलाैरीमा जिपकाे ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन्। आइतबार (आज) बिहानै बेलौरी नगरपालिका-५ स्थित कलुवापुर सडक खण्डमा बा १२ च ३६३२ नम्बरको स्कोरपियोले से २ प ७१६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा एक जना घाईते भएका हुन्।

जिपकाे ठक्कर घाईते हुनेमा मोटरसाइकल चालक बेलौरी-५ शोभातालका रामप्रसाद चौधरी रहेकाे ईलाका प्रहरी कार्यालय बेलाैरीले जनाएकाे छ । घाईते चाैधरीकाे धनगढीस्थित निर्सग अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय बेलाैरीका प्रमुख प्रहरी निरिक्षक सन्दिप चन्द्र शाहले कञ्चनपुर खबरलाई जानकारी दिनु भयाे ।

स्कोरपियो चालक फरार रहेकाे र उनकाे खाेजि कार्य भईरहेकाे उनले बताए ।  अहिले बेलौरी प्रहरीको नियन्त्रणमा रहेकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *