एम्नेस्टी ईन्टरनेशनल नेपाल शुक्लाफाँटा–७४ समुहको साधारण सभा सम्पन्न, संयोजकमा पुनः पन्त

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर– मानव अधिकारका पक्षमा काम गर्ने संस्था एम्नेस्टी ईन्टरनेशनल नेपाल शुक्लाफाँटा समुह महेनद्रनगरको दोस्रो बाषिक साधारण सभा सम्पन्न भएको छ । शनिबार एक औपचारिक कार्यक्रमका बीच कञ्चनपुर जिल्ला बार एसाेशिएसनकाे सभा कक्षमा  एम्नेस्टी ईन्टरनेशनल शुक्लाफाँटा–७४ समुहले आफ्नो दोस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।


साधारण सभाबाट दोस्रो कार्यकालका लागि पुनः संयोजकमा डा. भोज राज पन्त , सह संयोजक हिरा चन्द , सचिव प्रकाश पाण्डेय , कोषाध्यक्ष् सिमा जोशी , सह–सचिव प्रजापति नेगि चयन भएका छन् ।

भने सदस्यहरुमा क्रमशः गणेश बहादुर चन्द , उत्तम बहादुर बिस्ट, कमला थापा पाण्डेय ,अनिता पनेरु ,बिन्दु श्रेष्ठ , मुकुन्द देव भट्ट चयन गरिएको एम्नेस्टी इन्टरनेशनल नेपाल शुक्लाफाँटा–७४ का सचिव प्रकाश बहादुर पाण्डेले बताउनु भयो । उहाँका अनुसार मुल कार्य समितिले दुई वटा उप–समिति समेत गठन गरेको बताउनु भयो ।


त्यसै गरि सल्लाहकार समितिमा संयोजक मदन सिंह क्षेत्री, डा. शंकर दत्त भट्ट, हरि राज बिस्ट, उद्धव बहादुर चन्द , कृष्ण सिह बोहरा चयन गरिएको छ ।

यस्तै अभियान समितिको संयोजक उत्तम सिंह बिष्ट, सदस्यहरुमा गिता ओलि , लोक बहादुर बिष्ट, राकेश चन्द , धनन्जय जोशी रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य मधु भारतीले संस्थाको प्रगतिको शुभकामना दिदै एम्नेटी ईन्टरनेशनलको सदस्य आफु पनी रहेको भन्दै एम्नेस्टी ईनटरनेशनलको बारेमा सबैलाई जानकारी गराउनु पर्ने बताउनु भयो । उनले भने “मानव अधिकार रक्षाका सवालमा संस्थाले काम गर्ने भएकाले मैले पनी प्रदेश सरकारमा यसका विषयमा आवाज उठाउने बताए ।”

‘अहिले प्रदेश सरकार मन्त्री, मुख्य मन्त्री बनाउनमै ठिक्क रहेको बताउदै कुनै पनी छलफलका कार्यक्रम अगाडी बढेको अवस्था नरहेको बताए ।’ उनले एम्नेस्टी ईन्टरनेशनल नेपालको महेन्द्रनगरको शुक्लाफाँटा–७४ समुहको समितिमा उकृष्ट व्यक्तित्वहरु रहेको भन्दै आगामी दिनमा अझ थप शसक्त रुपमा अघि बढने विश्वास व्यक्त गर्नु भयो ।

केन्द्रीय उप–महासचिव अधिकारीले कार्यक्रममा बोल्दै एम्नेस्टी नेपाल एक विश्वव्यापी संस्था रहेको र एक साधारण अभियानबाट असाधारण रिजल्ट दिन सक्ने संस्था एम्नेस्टी ईन्टरनेशनल रहेको बताउनु भयो ।

उनले भने “न्याय र मानव अधिकारको पक्षमा रहेर काम गर्ने संस्था भएकाले यसको संस्था नेपाल सहित विश्वका १ सय ५० देशमा रहेको बताउदै आफ्नै रिसर्चले मात्रै कार्य गदै आएको बताए ।” उनले नयाँ चयन भएको समितिलाई बधाई तथा शुभकामना दिदै यहि महिनाको २५ गते भित्र संस्थामा आवद्धले आ–आफ्नो सदस्यता नवीकरण गर्न आव्हान गरे ।

उच्च अदालत बार एशोसिएशन महेन्द्रनगरका अध्यक्ष अधिवक्ता यज्ञ राज जोशीले एम्नेस्टी ईन्टरनेशनल एक धन्यावादको पत्र संस्था रहेको बताउनु भयो । उहाँले ‘संस्थाले आफ्ना हरेक गतिविधिहरुलाई जति–जति कस्दै लग्छ, त्यति त्यति मानव अधिकारको रक्षा कस्दै लग्ने बताए ।’ साधारण सभाको सफलताको शुभकामना दिदै नयाँ चयन भएका कार्यसमितिका पदाधिकारी सहित सबैलाई बधाई दिनु भयो ।

समुहका संयोजक डा.भोज राज पन्तको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेस सभा सदस्य मधु भारती, विशिष्ट अतिथि एम्नेस्टी ईन्टरनेशनलका केन्द्रीय उप–महासचिव होम बहादुर अधिकारी रहनु भएको थियो ।

यस्तै अतिथिहरुमा उच्च अदालत बार एशोसिएशन महेन्द्रनगरका अध्यक्ष अधिवक्ता यज्ञ राज जोशी , कंचनपुर जिल्ला अदालत बार एशोसिएशनका निबर्तमान अध्यक्ष अधिवक्ता देव राज पन्त, समुह ४९ का अध्यक्ष हेम राज भट्ट, समुह २९ का कार्यबाहक अध्यक्ष बिमला ओझा भट्ट, लगायत समुहका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रमुख अतिथि र विशिष्ट अतिथिबाट पानसमा दिप प्रज्वलन गरी र ब्यानर बाचन गरी साधारण सभा कार्यक्रमको उद्धघाटन गरिएको थियो । भने अतिथि, विशिष्ट अतिथि प्रमुख अतिथिज्यु बाट कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नु भयो । बन्द सत्रबाट अध्यक्ष , सचिव र कोषाद्यक्षको प्रतिबेदन अनुमोदन गरि अगामि २ बर्षका लागि सर्वसम्मत तपशिल बमोजिमको समिति चयन भएको हो।

अधिवक्ता पुर्णा भट्टले मनतब्य राख्नुहुदै कार्यक्रममा उपस्थित विद्यर्थी, विभिन्न क्षेत्रबाट सहभागी रहनु भएका सम्पुर्णमा आभार ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन एम्नेस्टीका सचिव अधिवक्ता प्रकाश बहादुर पाण्डेले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *