कञ्चनपुरमा लागु औषध सहित तीनजना पक्राउ

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– लागु औषध सहित कञ्चनपुरमा तीन जना पक्राउ परेका छन्।   जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा वीरेन्द्र बडायक, कालु राना र रितिक थापा लागुऔषधसहित पक्राउ परेका हुन्।

जिल्लाको बेलौरी नगरपालिका वडा नम्ब- ६ हात्तिबोझाका बडायक र राना शुन्य दशमलव ३२ ग्राम लागुऔषधसहित पक्राउ परेका हुन्।  उनीहरुले सुर्तीको प्याकेटमा लागुऔषध राखेका थिए। इलाका प्रहरी कार्यालय बेलौरी र बेलडाँडीको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

यस्तै जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ४ का थापा तीन दशमलव ६८० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका छन्। उनीबाट से २ प ८४७८ नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *