कर्मचारी संगठन कञ्चनपुरले गर्याे सहिदकाे सम्झनामा अन्तरक्रिया

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरले सहिद कर्मचारीहरूकाे सम्झनामा साता व्यापी विभिन्न कार्यक्रम गर्दै आएकाे छ ।

शनिबार (हिजाे) सहिद सप्ताह अन्तर्गत नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति कञ्चनपुरले शुक्लाफाटा नगरपालिकाको सभाहलमा कर्मचारी र जनप्रतिनिधि बिच अन्तर सम्बन्ध बिषयक अन्तरकृया कार्यक्रम सम्पन्न गरेको हाे ।

यहि साउन ९ देखि १५ सम्म साता ब्यापि रूपमा सहिद कर्मचारी मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवस २०८० अवसरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका अध्यक्ष मान बहादुर चन्दले कञ्चनपुर खबरलाई बताउनु भयाे ।

उहाँका अनुसार नेपाल निजामती कर्मचारी संगठनले  साउन ९ देखि १५ गते सम्म सप्ताहब्यापी रूपमा विभिन्न पालिका तथा कार्यालयमा बृक्षारोपण,अन्तरत्रिया,सम्मान ,फलफुल बितरण लगायतका कार्यक्रम आयोजना गर्दै आएकाे बताउनु भयाे ।

कर्मचारी आन्दाेलनमा सहादत प्राप्त सहिदहरुकाे उच्च सम्मान र सम्झनामा बाकि रहेकाे जिल्लाका सबै कार्यालयमा कार्यक्रम गरीने बताउदै भाेलि साउन १५ विशेष कार्यक्रम गरी साताव्यापी कार्यक्रमकाे समापन गरिने कर्मचारी संगठनका जिल्ला अध्यक्ष चन्दले बताए ।

अन्तरक्रिया कार्यक्रममा कर्मचारी संगठनका जिल्ला अध्यक्ष  मान बहादुर चन्दकाे सभापतित्वमा सम्मन्न कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सरकारका निबर्तमान मुख्यमन्त्री राजेन्द्र सिह रावल रहनु भएकाे थियाे । भने अतिथि प्रदेश सभा सदस्य हिरा सिह सार्की,शुक्लाफाटा नगरपालिका नगर प्रमुख रण बहादुर महरा,दोधारा चादनी नगरपालिका नगरप्रमुख किशोर लिम्बू ,नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय सदस्य प्रताप चन्द ,माला गौतम,प्रदेश महासचिव माहादेब जोशी लगायत विभिन्न तहका कर्मचारी नेताहरुको उपस्थिति रहेको थियो। शुक्लाफाँटा नगर कमिटीका सचिव पदम महराकाे स्वागत मनतव्यबाट शुरू भएकाे कार्यक्रमकाे सञ्चालन भने कर्मचारी संगठनका जिल्ला उपाध्यक्ष दिनेेशराज भट्टलेले गर्नु भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *