पुरानो सदरमुकाम बेलौरी स्थित छोटी भन्सार परिसरमा झाडी फडान गरिएको छ ।

उनले बेलौरी उद्योग वाणिज्य संघ, जय महाकाल युवा समूह, सुरक्षाकर्मी एवम् स्थानीय सरोकारवालाहरुको उपस्थितिमा झाडी फडान तथा सरसफाइ कार्यक्रम गरिएको बताएका छन् ।

वडाध्यक्ष चौधरीले बन्द बेलौरी भन्सार खुलाउने प्रयास जारी रहेको बताउदै सामाजिक कार्यमा सहयोग गर्न सबैलाई अपिल समेत गरेका छन् ।

यस्तै,यता बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरा सिंह विष्टले गैरसंवैधानिक ढंगले बेलौरी छोटी भन्सारमा लगाइएको ताला खुलाउन र भन्सार स्तरोन्नती गर्ने सन्दर्भमा बेलौरी उद्योग वाणिज्य संघले कुनै कसर बाँकी नराख्ने बताए ।

रेडियो सुदूर सञ्चार संगको कुराकानीमा अध्यक्ष विष्टले भने -‘सोही कार्यक्रमको डेलिगेसन लिएर आजै हाम्रो टीम काठमाडौं गरिरहेको छ।’ वाणिज्य संघले विभिन्न मन्त्रालय एवम् विभागमा समेत ज्ञापनपत्र पेस गर्ने कार्यक्रम तय गरिएको जनाए ।
बेलौरी नगरका समाजसेवी एवम् बुद्धिजीवी केशव राज जोशीले बेलौरी भन्सार क्षेत्र भित्र रहेको झाडी सरसफाइ गर्नुको विकल्प नभएको बताए । झाडीमा जङ्गली जनावरको बाँसस्थान हुन सक्ने बताउँदै बुद्धिजीवी जोशीले असामाजिक एवम् गैरकानुनी गतिविधिको आश्रय स्थलका रुपमा समेत हेरिरहेको यस क्षेत्रलाई स्थानीय युवा एवम् सरोकारवालाहरुले सरसफाइ गरेको बताए । उनले वडाध्यक्ष सहित यस सामाजिक कार्यका लागि जुट्ने नगरवासी सबैलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।

भने अर्कोतर्फ बन्द तथा अलपत्र भन्सार परिसर प्रयोगमा ल्याई विभिन्न प्रजातिका बोट विरुवा हुर्काएका स्थानीय कृष्ण नाथले दुखेसो व्यक्त गरेका छन् । उनले भने -‘मेरो मेहनत सारा सत्यानाश भयो के गरौं हजुर,भन्सारको परिसर भित्र बोट विरुवा रोपेको थिए ।’ भन्सार नखुल्दै विरुवा काटिए ।

यस्तै यता, स्थानीयले सार्वजनिक क्षेत्र कसैले पनि मनलाग्दी प्रयोग तथा अतिक्रमण गर्न नहुने जनाएका छन् ।

सार्वजनिक क्षेत्रभित्र बनेका निजी संरचना होस् या प्रयोगमा ल्याएको भू-भाग आवश्यक परे सूचना जारी गर्दै सरकारले खाली गर्न सक्ने कानुनमा उल्लेख छ ।

पछिल्ला केही अभ्यासले पटक-पटक भन्सार स्तरोन्नतीको माग राख्दै आएका बेलौरी बासीमा भने यतिबेला झिनो आशा पलाएको छ । बेलौरीको भाग्य र भविष्य संग जोडिएको बन्द बेलौरी भन्सार सञ्चालनमा ल्याउन सके राजश्व वृद्धि संगै क्षेत्रको मुहार नै फेरिने विश्वास गरिएको छ ।

