रमेश प्रसाद भट्ट/कञ्चनपुर- जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले तस्कर माथि एक्सन शुरू गरेसंगै धमाधम ठुलाे परिमाणमा भन्सार छलीका समान बरामद गरेकाे छ ।
शुक्रबार (आज) मात्रै जिल्लाकाे भिमदत्त नगरपालिका-६ काे एक गाेदाममा छापा मार्दा लुकाई राखेकाे अवस्थामा भन्सार छलिका १५ लाख बढिकाे अबैध कपडा सहित कञ्चनपुर प्रहरीले २ जनालाई पक्राउ गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएकाे प्रहरीकाे गोप्य टाेलिले विशेष सुचनाको आधारमा जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका-६ भानुपार्टि प्लेस नजिक घटाल दृष्टि मार्केटिङको गोदाममा छापा मार्दा भारतबाट अवैध रुपमा भन्सार छली गरी ल्याएका अन्दाजी मुल्य रु १५,५७,४८०।–(पन्ध्र लाख सन्ताउन्न हजार चार सय असी) का अबैध कपडा सहित २ जनालाई पक्राउ गरीएकाे कञ्चनपुर प्रहरी प्रबक्ता DSP प्रकाश डाँगीले कञ्चनपुर खबरलाई बताउनु भयाे ।
उहाँका अनुसार समान सहित पक्राउ पर्नेमा गाेदाम सञ्चालक चन्द्र सिंह विष्ट, सवारी चालक आसिक राना रहेकाे छन् ।
बरामद गरिएका समानमा कुर्ता सुरुवाल,मखमल सुट, पेटिकोटको कपडा,मेक्सी कपडा,सुतीको धोती,गम्छा(तौलिया) ,सर्टको कपडा,पाईन्ट सर्ट कपडा, रातो सेतो सारी लगायत बिभिन्न किसिमका लत्ता कपडाहरु रहेकाे कञ्चनपुर प्रहरी प्रबक्ता डाँगीले बताए ।
उनले भने “हामिले तस्करी माथि कडा एक्सन सहितकाे कार्वाहि चलाएका छाै, राज्यकाे कर छलि गरि गैरकानुनी काम गर्नेमाथिकाे एक्सन राेकिदैन ।” अहिले एक सातामा मात्र ४० लाखकाे हाराहारीमा तस्करी गरि ल्याईएका अबैध समान सहित मानिस र कार, माेटरसाईकल पक्राउ गरि आवश्रेयक कार्वाहिका लागि पठाईकाे छ ।
बरामद समान सहित २ जनालाई आवश्यक कार्वाहीका लागि भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुर पठाईएको प्रहरी प्रबक्ता डाँगिले बताउनु भयाे ।

