निजामति कर्मचारी संगठन कञ्चनपुरकाे `सहिद सप्ताह´ कार्यक्रम: लालझाडीमा बृक्षाराेपण

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर- नेपाल निजामति कर्मचारी संगठन कञ्चनपुरले जिल्ला भरीनै सहिद कर्मचारीकाे सम्झनामा `सहिद सप्ताह ´ कार्यक्रम अन्तरगत वृक्षाराेपण गरि मनाईरहेकाे छ ।

निजामति कर्मचारीका सहिद मनोज, झपेन्द्र र सुरेन्द्र काे स्मृतिमा यहि श्रावण ९ देखि १५ सम्म जिल्ला भरीनै सप्ताहब्यापी रूपमा मनाउने क्रममा विहिबार लालझाडी गाउँपालिकामा फलफुलका वृक्षाराेपण गरेर कार्यक्रम मनाईएकाे हाे ।

कर्मचारीका हकहितका पक्षमा आवाज उठाउने क्रममा सहादत प्राप्त गरि सहिद भएका तीन जनाकाे स्मृतिमा जिल्ला भरीका सबै पालिकामा कार्यक्रम मनाउने क्रममा आज विहिबार निजामति कर्मचारी संगठन लालझाडी गाउँ कमिटिकाे आयोजनामा विभिन्न फलफुलका बृक्षहरू राेपेर `सहिद सप्ताह´ मनाइएकाे नेपाल निजामति कर्मचारी संगठन कञ्चनपुरका जिल्ला अध्यक्ष मान बहादुर चन्दले बताउनु भयाे ।

उहाँका अनुसार हामिले यसअघि बेलाैरी नगरपालिकामा बृक्षाराेपण गरेर मनायाै, आज (विहिबार) लालझाडी गाउँ कमिटिकाे आयोजनामा बृक्षाराेपण कार्यक्रम गरि मनाएकाे बताए ।

साे बृक्षाराेपण कार्यक्रममा पालिकामा कार्यरत राष्ट्र सेवक कर्मचारी, पालिका अध्यक्ष निर्मल राना सहित निर्वाचित पदाधिकारीहरूकाे सहभागितामा दिवसलाई मनाईएकाे हाे ।

यसै पुर्व निर्धारित कार्यक्रम अन्तरगत बाकि रहेका जिल्लाका सबै पालिका र विभिन्न कार्यालयहरूमा बृक्षराेपण गरी कार्यक्रम मनाईने याेजना रहेकाे  निजामति कर्मचारी संगठनका अध्यक्ष चन्दले कञ्चनपुर खबरलाई बताए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *