केन्द्रीय अनुसन्धान ब्युराे (CIB) ले कञ्चनपुरबाट `कल वाईपासमा´ संलग्न १ भारतिय सहित ३ जना पक्राउ

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो CIB ले  कल बाईपास गरेको आरोपमा कञ्चनपुरबाट  ३ जनालाई पक्राउ गरेको छ । कल वाईपासमा संलग्न भारतीय नागरिक सहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे हाे ।

साे गैरकानुनी कार्यमा संलग्न रहेका पक्राउ पर्नेमा भारतीय नागरिक ५६ बर्षिया गुल्जार अहमद, भीमदत्त नगरपालिका १० का  ४७ बर्षिया दिपक सिंह बोहरा र दोधारा चाँदनी वर्ष ४० का प्रविन खड्का  रहेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता प्रहरी नायब उपरिक्षक प्रकाश डाँगीले कञ्चनपुर खबरलाई बताउनु भयाे ।

उनले भने “सिआइबीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुर संग समन्वय गरी नेपाल टेलिकमकाे प्राविधक सहयाेगमा बुधबार उनीहरुलाई जिल्लाका फरक-फरक ठाउँबाट पक्राउ गरिएको बताए ।”

उहाँका अनुसार अहमदलाई महेन्द्रनगर बजार गल्ली नं. ४ स्थित एभरेष्ट बैंक भएको घरबाट,  बोहरालाई जिमुवा र खड्कालाई दोधारा-चाँदनीबाट पक्राउ गरिएको बताउनु भयाे ।

सिआइबीले उनीहरुमाथि दुर संञ्चार ऐन अन्तरगत अनुसन्धान अघि बढाएको छ । कञ्चनपुर प्रहरीका प्रबक्ता प्रहरी नायव उपरिक्षक डाँगीले भने “अनुसन्धानमा उनीहरुले बंगलादेश कल बाइपास गर्दै आएको देखिएको छ, जसले गर्दा ब्ल्याक मेल देखिन सरकारकाे राजस्वमा समेत ठुलाे घाटा पुग्ने गरी उनिहरूले साे कार्य गर्दै आएका रहेछन् भन्ने खुलेकाे छ ।”

पक्राउ परेका तीन जना पक्राउ गरिए पनि अन्य पनि संलग्न हुन सक्ने आशंका गरेकाे छ । साे कार्यमा अरूपनि संलग्न छन, छैनन् भन्नेबारे अनुसन्धान भईरहेकाे कञ्चनपुर प्रहरी प्रबक्ता डाँगीले बताए । उनिहरूकाे साथबाट कल बाइपासमा प्रयोग हुने ल्यापटप विभिन्न उपकरण सहित पक्राउ गरीएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *