बेलाैरीमा लागु औषध सहित ३ जना पक्राउ

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर–  बेलारीमा लागु औषध सहित तिन जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका -१० सडकघाटबाट लागु औषध खैरो हेरोइनसहित दोधाराचाँदनी नगरपालिका वडा नम्बर ५ का २१ वर्षीय मनिष भण्डारी सहित तीन जनालाई शुक्रबार साँझतिर प्रहरीले पक्राउ गरेको हो  ।

ईलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडाबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले शङ्का लागी चेकजाँच गर्दा उनीहरूको साथबाट लागुुऔषध फेला पारी एक थान मोटरसाइकलसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *