बेलडाँडीमा कान काटेर गहना लुटेकाे आरोपमा एक जना पक्राउ

Uncategorized

कञ्चनपुर– जिल्लाकाे बेलडाँडीमा एक महिलाकाे कान काटेर गहना लुटेकाे आराेपमा एक जनालाई बेलडाँडी प्रहरीले पक्राउ गरेकाे छ । शुक्रबार बेलडाँडी- ५ कि बर्ष ५० कि मिना राना मगरकाे कान काटेर गहना लुटेकाे आरोपमा बेलडाँडी-३ कमरीका ४५ बर्षिया राम बहादुर राना पक्राउ परेकाे ईलाका प्रहरी कार्यालय बेलडाँडीमा निमित्त प्रमुख प्रहरी नायव निरिक्षक नवराज पाण्डेले कञ्चनपुर खबरलाई जानकारी दिनु भयाे ।

उनले भने “हिजाे शुक्रबार राति अन्दाजि १० बजेकाे समयमा बेलडाँडी-५ झिलमिलामा कान काटेर सुनका गहना लुटेर लग्याे भन्ने सुचना प्रहरीलाई आए पश्चात् प्रहरी घटना स्थलमा पुगेर खाेजतलास गर्दा नजिकैकाे धानकाे खेतमा भाग्दै गरेकाे अवस्थामा राम बहादुर रानालाई पक्राउ गरेकाे बताउनु भयाे ।”

महिलाकाे कान काटिएकाे छ, उनले भने “घटना लगतै प्रहरी चाैकि झिलमिलाबाट प्रहरी सहायक निरिक्षक विष्णु सिह धामिकाे कमाण्डमा खटिएकाे प्रहरी टाेलिले समातेर ईलाका प्रहरी कार्यालय बेलडाँडी रातिनै बुझाएकाे र घटनाबारे थप अनुसन्धान भईरहेकाे बताउनु भयाे ।”

पिडित महिला राना मगरका अनुसार कानकाे सुन र नगद ५० हजार लुटेकाे आरोप छ, साे बारे साेधपुछ गरेर अनुसन्धान भईरहेकाे प्रहरी नायव निरिक्षक पाण्डेले बताए । कान काटिएकाे महिला मगरकाे घटना लगतै स्थानिय अस्पतालमा पुर्याई उपचार गरीएकाे थियाे ।

घटना लगतै स्थानियकाे सकृयतामा चाेर समात्न प्रहरी सफल भएकाे स्थानियकाे भनाई छ । “साे घटनामा लागेकाे आरोप सत्य हाे वा हाेईन भन्ने अहिलेनै सबै कुरा भन्न नसकिने भन्दै घटना बारे पक्राउ गरेका रानालाई साेधपुछ सहित अनुसन्धान भईरहेकाे प्रहरी नायव निरिक्षक पाण्डेले बताए ।”

स्थानियले घटनाबारे सत्य तथ्य छानविन गरि दाेषिमाथि कडा कार्वाहिकाे माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *