कञ्चनपुर पुर्णखाेप सुनिश्चितता तथा दिगाेपन घाेषणा

Uncategorized मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– जिल्ला पूर्णखाेप सुनिश्चितता  तथा दिगाेपना घाेषणा गरिएकाे छ ।´पूर्ण खाेप सुरक्षित भविष्य´ भन्ने मुलनाराका साथ मंगलबार जिल्ला समन्वयकाे सभा कक्षमा जिल्लालाई पूर्ण खाेप सुनिश्चितता तथा दिगाेपन घाेषणा गरिएकाे हाे ।

हाल १३ वटा  प्राणघातक राेग विरूद्व खाेप लगाउदै आएकाे थियाे। जसमा जिल्लामा रहेका पालिका र गाउँपालिकाले याेभन्दा अगाडि  नै पुर्ण खाेप लगाएको घाेषणा गरि सकेका छन्  ।

जिल्ला पुर्णखाेप सुनिश्चितता कार्यक्रमलाई सफल पार्न ताेकिएकाे कार्य क्षेत्रमा  खटिएका जिल्लाका सबै पालिकाका उकृष्ट काम गर्ने  महिला स्वंमसेविका, अनमि तथा अहेवलाई नगद राशि तथा प्रमाणपत्र सहित दाेसल्ला ओडाएर सम्मान गरिएको  थियाे ।

कञ्चनपुर जिल्ला पुर्णखाेप  स्वागत मन्तव्य स्वास्थ्य कार्यलय कञ्चनपुरका कार्यालय प्रमुख  दयाकृष्ण पन्तले गर्नु भएको थियाे ।

सुदूर पश्चिम प्रदेशका मुख्य मन्त्री  कमल बहादर शाहकाे प्रमुख आतिथ्यमा, कञ्चनपुर जिल्ला समन्वय समितिका अध्यक्ष  दुर्गा दत्त बाेहराकाे सभापतित्व रहेकाे थियाे भने कार्यक्रम सञ्चालन सिद्ध राज भट्टले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *