खैराे हिराेईन सहित पुनर्वासबाट २ जना पक्राउ

मुख्य खवर राजनीति विशेष समाचार

किशोर तामाङ/पुनर्वास- कञ्चनपुरको पुनर्वासमा  लागू औषध खैरो हिरोइन सहित २ जना पक्राउ परेका छन् ।

साेमबार राति लागु औषध खैरो हिरोइन सहित पुनर्वास नगरपालिका वडा नम्बर–११ डोकेबजारमा सिमा क्षेत्रबाट दुई जना लाई प्रहरीले पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा लखिमपुर खिरी, गौरीफन्टा थाना नजिकै रहेको बन गाउँका बर्ष २० का राज राना र २१ बर्षीय आकाश रानालाई प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट प्रहरी सहायक निरीक्षक बसन्त भुलको नेतृत्वमा खटिएको प्रहरी टोलीले डोकेबजार स्थित सडक खण्डमा शंकास्पद रुपमा हिडीरहेको अवस्थामा फेलापारी चेकजाँच गर्दा राज रानाले लगाएको जिन्स पाइन्टको अगाडी दाहिने पट्टिको सानो खल्तीमा कालो प्लाष्टिकमा बेरेर लुकाई छिपाई राखेको ३१० मिलिग्राम र आकाश रानाले लगाएको जिन्स पाइन्टको अगाडी दाहिने पट्टिको सानो खल्तीबाट पान मसलाको पुडियामा ४६० ग्राम लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो।

यस्तै शनिबार मात्रै कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं ११ को टाउके बजारबाट बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको प्रहरी नायब निरीक्षक रामप्रसाद अवस्थीको टोलीले १७ वर्षीय अभिषेक चौधरीलाई पक्राउ गरेको थियो। चौधरीलाई बाटोमा हिडिरहेको बेला शंकालागि चेकजाच गर्दा उनको हातमा रहेको खुकुरी चुरोटको डब्बामा कालो प्लाष्टिकमा बेरेर लुकाईछिपाई राखेको २१० मिलिग्राम खैरो हिरोईन फेलापारी नियन्त्रणमा लिइएको प्रहरीले जनाइएको छ।

उनीहरुलाई बिशेष सूचनाको आधारमा पुनर्वास नगरपालिका वडा नं ११ डोकेबजार क्षेत्र बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । खैरो हिरोइन सहित पक्राउ परेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीको हिरासत कक्षमा राखि थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरी निरीक्षक नरेश राज मल्लले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *