कञ्चनपुर प्रशासनले भाेलि (आईतबार) बाट विहान ८ देखि साझ ६ बजे सम्म राहादानि सेवा दिने

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर- प्रशासन कार्यालय कञ्चनपुरले भाेलि आईतबारबाट राहदानी बनाउनका लागि बिहान ८ बजेदेखी साझ ६ बजे सम्म सेवा दिने भएको छ ।

पछिल्लो समयमा राहदानी बनाउनेको संख्यामा बढेपछि  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सेवाग्रहीकाे सहजताका लागि समय बढाईएकाे हाे ।

दैनिक जसाे राहादानि बनाउनेकाे संख्या बढ्दै गएकाले सहजताका लागि कार्यालय समय अतिरिक्त आईतबार भाेलि देखि विहान ८ बजेदेखि साझ ६ बजे सम्म सेवा प्रवाह गरिन लागेकाे  प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले कञ्चनपुर खबरलाई जानकारी दिनु भयाे ।

उनले भने “यश अघि दैनिक जसाे ५६ जनाले राहादानि बनाउन सकिन्थ्याे भने, अब १ सय २० जना जति सम्मले दैनिक राहादानि बनाउन सकिने बताए ।”

अहिले फाेटाे खिच्ने एक मात्र रहेकाले समय थप गरिएकाे उनले बताउन भयाे । राहदानीका लागि अनलाईन फारम भर्न नआउनेका लागि निःशुल्क फारम भरीदिने व्यावस्था समेत प्रशासनले मिलाइएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताउनु भयाे।

कञ्चनपुरमा नयाँ सिडियाेकाे  अधिकारीकाे आगमन संगै प्रशासनले सेवा प्रवाहामा थप सुधार गरेकाे हाे । सेवा विस्तार संगै यसले गर्दा सेवाग्राहिलाई सेवा लिन निकै राहात पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *