धनगढी– सवारी दुर्घटना न्यूनिकरण गर्दै अकालमै ज्यान गुमाउने परिस्थिति टार्नका लागि कैलालीको धनगढीमा ट्राफिक सचेना कार्यक्तम सचालन गरिएको छ । आइतबार जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली र मालिकार्जुन दार्चुला सेवा समितिको आयोजनामा ट्राफिक सचेतना कार्यक्तम गरिएको हो । धनगढी उपहानगरपालिका ५ तारानगरमा ट्राफिक सचेतना कार्यक्तम संचालन गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख बिरेन्द्र जोहारीले समुदाय प्रहरीसंगको साझेदारी कार्यक्रम अन्र्तरगत सवारी दुर्घटनाबाट आफुपनि बाचौँ, अरुलाईपनि बचाऔँ भन्ने उदेश्यका साथ समुदायसंगै सहकार्य गरेर ट्राफिक सचेतना गराईएको बताए । उनका अनुसार तारानगरदेखि धनगढी बजार हुँदै ट्राफिक चौराहसम्म हातहातमा सचेतना कार्ड सहित र्याली समेत गरिएको छ ।
र्याली पश्चिात मालिकार्जुन सेवा समितिको हलमा आयोजित अन्तरकृया कार्यक्रममा ट्राफिक प्रहरी सहित सरोकारवालाले सवारी दुर्घटनाले मानविय तथा भौतिक क्षति हुने भएकाले समयमै सचेत आवश्यक रहेको औल्याएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातारण मन्त्री रमेश धामीले सवारी साधन दुर्धटना न्यूनिकरणका लागि प्रदेश सरकारले गर्नुपर्ने सबै जिम्मेबारी निर्वाहमा जोडदिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख बिरेन्द्र जोहारी सवारी दुर्घटनाको अवस्था, कारण र न्यूनिकरणका विषय सहित कार्यपत्र प्रंस्तुत गर्दै ट्राफिक सचेतना आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजि भरत बहादुर बाेहरा, राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय अतरियाका कार्यालय प्रमुख नेत्रमणि गिरी, जिल्ला प्रहरी कार्यालय कैलालीका कार्यालय प्रमुख देबेन्द्र पाल, मालिकार्जुन दार्चुला सेवा समितिका अध्यक्ष महेन्द्र राज पन्त, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका कार्यालय प्रमुख वीरेन्द्र सिंह जोहारी सहित समाजसेवि, ब्यवसायी, संचारकर्मी ,बिद्यालयका प्रधानाध्यापक, विद्यार्थी,चालक, सह–चालक, खेलाडी लगायत आम सर्वसाधारणको उपस्थिति रहेको थियो ।

