कञ्चनपुर– जिल्लाकाे दोधारा चाँदनी नगरपालिकाले आगामी आर्थिक वर्षका २०८०/०८१ का लागि ६९ करोड ३५ लाख ५६ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । नगर सभा तथा बजेट अधिवेशनमा प्रस्तुत गरिएको बजेट आइतबार नै पारित गरिएको नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभयो ।
दोधारा चाँदनीमा आगामी आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रम भने यसअघि वैशाखमै सार्वजनिक गरिएको थियो ।
नगरपालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई बढी प्राथमिकता दिएको छ । महाकाली र जोगबुढा नदीबाट नदीजन्य पदार्थ उत्खननको ठेक्काबाट आउने रोयल्टी रकमलाई नै दोधारा चाँदनी नगरपालिकाको प्रमुख आन्तरिक आयस्रोतका रूपमा हेरिएको छ ।

