बेलौरी नगरपालिकाको बजेट ८६ करोड ५७ लाख, कृषि उत्पादनमा मुख्य प्राथमिकता

मुख्य खवर राजनीति विशेष समाचार

सितल भट्ट/बेलाैरी -कञ्चनपुरको पहिलो सदरमुकाम रहेको बेलौरी नगरपालिकाले आगामी आर्थिक बर्षका लागि झण्डै साढे ८६ करोड बढि बजेट ल्याएको छ ।

बेलौरी नगरपालिकाले आगामी आर्थिक बर्ष ०८०÷०८१का लागि ८६ करोड ५७ लाख, ६७ हजार बजेट ल्याएको हो ।
आईतबारदेखि शुरु भएको बेलौरी नगरपालिकाको ११ औँ नगर सभामा आगामी बर्षका लागि नीति, कार्यक्रम तथा उक्त बजेट ल्याएको मेयर पोतिलाल चौधरीले बताए ।

मेयर चौधरीले कृषि बस्तु तथा सेवालाई उच्च प्राथमिकतमा साथ अघि सारेर नगरको दीगो विकास र सम्बृद्धिका योजना ल्याएको बताए ।

मेयर चौधरीले कृषि उत्पादनमा मुख्य प्राथमिकता राखेको बताउँदै, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य खानेपानी, ढल बजार व्यवस्थापन सहितका विवित योजना अघि सारेको बताए । ‘हामीले गत विगतकै नगरका गौरबका अधुरा योजना अघि बढाएका छौँ, ‘उनले भने, ‘नयाँ पुराना दुवैछन, सबैलाई अघि बढाउँदै लैजान्छौँ ।’

नगरको सम्बृद्धिका लागि कृषि सम्भावना बोकेको पालिका भएकाले कृषि उत्पादनलाई प्राथमिकताका साथ नगरबासीलाई अघि सारेको बताए ।

बेलौरी नगरका मेयर पोतिलाल चौधरीले कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन, युवा उद्यम समाजिक सुरक्षा सहितका योजना प्राथमिकता राखेर बजेट ल्याएको बताउँदै मेयर चौधरीले गत विगतकै नगरका प्रमुख योजना प्राथमिकता राखेर अघि बढ्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *