कञ्चनपुर– जिल्लाको लालझाडी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ४६ करोड ४४ लाख, ४९ हजार आठ सय बराबरको बजेट ल्याएकाे छ ।
लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाको सभाध्यक्षतामा आइतबार आयोजित गाउँ सभा तथा चौधौँ अधिवेशनमा अध्यक्ष रानाकाे अध्यक्षता सम्पन्न अधिवेशनमा उपाध्यक्ष सपना चौधरी रानाले बजेट प्रस्तुत गर्नु भएको हो ।
गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि लगायत सबै क्षेत्रलाई समेटेर बजेट निर्धारण हुने गरि कार्यक्रम ल्याएकाे गाउँपालिकाले जनाएको छ ।

