भिमदत्त नगरपालिकाकाे बजेट १ अर्व ८१ कराेड ३५ लाख

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर- जिल्लाकाे भीमदत्त नगरपालिकाको १३ औँ नगरसभामा आर्थिक वर्ष २०८०/०८१ को निति कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ ।

आइतबार नगर प्रमुख पदम बोगटीकाे अध्यक्षतामा सम्पन्न भएकाे नीति तथा कार्यक्रमबाट पालिकाले आगामी आर्थिक बर्षका ०८०/०८१ का लागि १ अर्व ८१ कराेड ३५ लाख ८१ हजार बराबरकाे बजेट प्रस्तुत गरेकाे हाे ।

नगर उप-प्रमुख तथा नगर सभा उपाध्यक्ष नीलम लेखक जोशीको अनुमतीमा नगर प्रवक्ता महेन्द्र खड्काले बजेट प्रस्तुत गर्नुभएको थियाे ।

वडाध्यक्ष खड्काले प्रस्तुत गरेको बजेटको स्रोत अन्तर्गत आन्तरिक स्रोतबाट २६ करोड ५८ लाख, वित्तिय समानिकरण अनुदान संघिय सरकारबाट २३ करोड ७१ लाख, वित्तिय समानिकरण अनुदान प्रदेश सरकारबाट २ करोड २२ लाख ४३ हजार,संघिय सरकारबाट सशर्त अनुदान ५२ करोड ८५ लाख,संघिय सरकारबाट राजश्व बाडफाँडको १७ करोड १ लाख ९२ हजार र प्रदेश सरकारबाट राजश्व बाडफाँडको ८४ लाख २३ हजार प्राप्त हुने अनुमान गरिएको छ ।

यस्तै समपुरक अनुदान संघिय सरकारबाट १ करोड ६५ लाख, समपुरक अनुदान प्रदेश सरकारबाट १ करोड १४ लाख ७३ हजार, विशेष अनुदान संघिय सरकारबाट ५० लाख, विशेष अनुदान प्रदेश सरकारबाट ५० लाख, सडक बोर्ड नेपालबाट ८० लाख, सामाजिक सुरक्षा तर्फ ५० करोड, अन्य अन्तरसरकारी अख्तियारीबाट ३ करोड ५ लाख बजेटको स्रोतको रुपमा रहने नगर प्रवत्ता महेन्द्र खड्काले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *