बेलौरी : शसस्त्रका डीएसपी पन्तद्धारा १७ लाख बढी मूल्य बराबरको अबैध समान बरामद

मुख्य खवर विचार/ब्लग विशेष समाचार

चन्द्रिका चौधरी / बेलौरी, कञ्चनपुर –सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म बेलौरीले १७ लाख बढी मूल्यको अवैध समान बरामद गरेको छ । बुधवार बिहान सीमा सुरक्षा गुल्म बेलौरीका गुल्मपती एवम् सशस्त्र प्रहरी नायव उपरीक्षक जनकराज पन्त नेतृत्वको टोलीले १७ लाख बढी मूल्य बराबरको अबैध समान बरामद गरेको हो ।

No description available.

टोलीले लालझाडी गाउँपालिका २ बिनवारी बाट से १ च ११६४ नम्बरको बुलेरोे गाडीमा भन्सार छलि ल्याएको चिनी, बिडी, सरफ, डियू(पेयपदार्थ) नियन्त्रणमा लिइ भन्सार चलान गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक पन्तले बताए । उनले भने – गाडी सहित १६ लाख २७ हजार ५ सय बराबरको समान भन्सार चलान गरिएको छ । यस्तै, १ लाख ५ सय मुल्य बराबरको अवैध समान डिस्पोज गरिएको हो । ”

No description available.

पछिल्लो समय बेलौरीमा तस्करलाई तह लगाउदै आएका सशस्त्र प्रहरी नायव उपरीक्षक डीएसपी पन्तको आगमनले खुला सीमा क्षेत्रमा हुने अवैध गतिविधीमा समेत कडाई गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *