सुदुरपश्चिमका कानून मन्त्री सिंह सवार जिप बझाङमा दुर्घटना, चार जना घाइते

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर – सुदुरपश्चिम सरकारका कानुन मन्त्री सिंह सवार गाडी दुर्घटनामा परेको छ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार सुदूरपश्चिम प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएकाे छ।

जिप करिब सडकबाट ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो। दुर्घटनामा मन्त्रीसहित चार जना घाइते भएका छन्। खुट्टा र अनुहारमा चोट लागेको छ। उनिहरूकाे स्थानिय अस्पतालमा उपचार भईरहेकाे छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

जिप दुर्घटनाग्रस्त तस्विर

Leave a Reply

Your email address will not be published. Required fields are marked *