बेलौरीका १३ प्रतिशत थारु समुदायमा सिकलसेल एनिमिया रोग

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर, ३ असार- कञ्चनपुरको बेलौरीका १३ प्रतिशत थारु समुदायमा सिकलसेल एनिमिया रोग देखा
परेको छ । बेलौरी नगरपालिका १३ प्रतिशत थारु समुदायमा सिकलसेल एनिमिया रोग देखा गरेको हो । शनिबारदेखि बेलौरी नगरपालिका र स्वास्थ्य कार्यालयले थारु समुदायमा शुरु गरेको सिकलसेल एनिमिया रोग शिबिरमा चेकजाँच गर्न आएका मध्ये १३ प्रतिशतमा उक्त रोग देखा परेको हो ।

बेलौरी नगरपालिका स्वास्थ्य शाखा सिअहेब मान बहादुर चन्दले थारु समुदाय लक्षित गरेर शुरु गरिएको निःशुल्क सिकलसेल एनिमिया चेकजाँचमा पहिलो दिन १९१ जनामा परीक्षण गर्दा २५ जनामा प्रारम्भिक सिकसेल एनिमिया पहिचान भएको बताए ।

उनका अनुसार रगतबाट स्क्रेमिनटेष्टमा २५ जनामा सिकलसेल एनिमिया देखा परेको छ । ‘अहिले हामीले गाँउमै परीक्षण गर्दा कुल परीक्षणको १३ प्रतिशतमा देखाप¥यो, ‘उनले भने, ‘अब थप ईलेक्ट्रोफरेन्सीबाट महाकाली अस्पतालमा चेकजाँच गर्न पठाउँछौँ ।’

१० बर्षदेखि २५ बर्ष उमेर समुहका मानिसलाई लक्षित गरेर परीक्षण गरिएको बताए । थारु समुदायमा बंसाणूगत सिकलसेल एनिमिया रोग निदानका लागि परीक्षण शुरु गरिएको उनले बताए । ‘यो रोग लागेका पुरुष वा महिलाविच विवाह ब्रेक गर्नुपर्छ, ‘उनले भने, ‘दुवैलाई रोग भएथप संक्र्मण फैलिन्छ ।’

दशदिनसम्म संचालन हुने सिलकसेन एनिमिया शिबिरमा ५ हजारको परीक्षण गर्ने लक्ष्य रहेको छ । बेलौरी नगरका प्रमुख पोतिलाल चौधरीले थारु समुदायमा बंसाणूगत सिकलसेन एनिमिया रोग निदानका लागि शिबिर संचालन गरिएको बताए । आगामी दिनमा श्रीपुर स्वास्थ्य केन्द्रमै परीक्षण मेसिन ल्याउने र रोकथामका लागि जनचेतनामुलक कार्यक्रम संचालन गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *