राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना दिवसकाे अवसरमा बृक्षारोपण

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– राष्ट्रिय स्वतन्त्र पार्टीले कञ्चनपुर सहित देशभर पाटी स्थापना दिवसमा बृक्षारोपण गरेको छ । प्रथम पार्टी स्थापना दिवसमा राष्ट्रिय स्वतन्त्र पार्टीले कञ्चनपुरमा समेत बृक्षारोपण गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पाटी सुदूरपश्चिम प्रदेशका इन्चार्ज ज्ञानेन्द्र सिह महताले पाटी स्थापना दिवसमा सुप प्रदेशका सबै जिल्ला र पालिकामा बृक्षारोपण गरिएको बताए ।

प्रदेश इन्चार्ज महताका अनुसार पार्टी स्थापना दिवसमा विविध समाजिक कार्य गरेर दिवस मनाईदैछ । राष्ट्रिय स्वतन्त्र पाटी भीमदत्त नगर समितिले समेत भीमदत्त ४ महेन्द्रनगर शिव मन्दिर क्षेत्रमा बृक्षारोपण गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी भीमदत्त नगर समितिका कोषाध्यक्ष यज्ञराज जोशीले विभिन्न प्रजातिका सय बिरुवा रोपिएको बताए । उनका अनुसार नगर तथा क्षेत्रीय निर्वाचन समितिको आयोजनामा बृक्षारोपण गरिएको छ ।

रास्वपाले पार्टी स्थापना दिवसमा पहिलो दिन बृक्षारोपण, दोस्रो दिन वडा भेला, तेस्रो दिन विद्यालय, अस्पतालमा सरसफाई चौथो दिन रक्तदानदेखिका पाँच, छैटौँ दिनमा विविध कार्यक्रम गरेर दिवस मनाईनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *