गेटामा दशरथ चन्द स्वास्थ्य विश्वविद्यालय सञ्चालनको माग राख्दै गरिएकाे बन्दले कञ्चनपुर ठप्ठ

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर- कैलालीस्थित गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आमहड्तालको घोषणाकाे प्रभाव कञ्चनपुरमा विहानै देखि परेकाे छ ।

जिल्ला सदरमुकाम महेन्द्रनगर देखि छुटने लामाे दुरीमा सवारी सावन पुर्ण रूपमा ठप्प रहेकाे रहेका छन् ।

विहानै देखि बजार, विध्यालयहरू समेत बन्द रहेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक हर्ष बहादुर चन्दले कञ्चनपुर खबरलाई जानकारी दिनु भयाे ।

उनले भने “शान्तिपुर्ण ढंगले बन्द आव्हान गरिएकाे छ,´ अहिले सम्म कुनै त्यस्ताे क्षति भएकाे छैन, पुर्ण रूपमा लामाे दुरीका सवारी सावन बन्द गरिएका छन, भने छाेटाे दुरीका सवारी साधन फाट्ट फु्ट्ट रूपमा चलिरहेका छन् ।”

स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डेय ‘आगो’ले आज(आइतवार) सुदूरपश्चिम पूर्ण रुपमा ठप्प हुने बताए। उनले यातायात व्यवसायी, राजनीतिक दल, व्यापारीहरुले पनि सहयोग गर्ने बताएका छन्।

आइतवार आज बिहान ८ देखि साँझ ६ बजेसम्म सुदूरपश्चिम प्रदेशका शैक्षिक, वित्तीयलगायतका संघ/संस्था तथा कलकारखाना, व्यापार र यातायात पूर्ण रुपमा बन्दकाे आव्हान गरेकाे छ।

संघर्ष समितिले शुक्रवार सुदूरपश्चिमका उद्योगी, व्यापारी, तथा सार्वजनिक यातायातका सञ्चालकहरुसँग छलफल समेत गरेर बन्दकाे आव्हान गरेकाे हाे।

उनीहरुले जेठ १५ गते संघीय संसदमा पेश भएको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा गेटामा प्रतिष्ठान निर्माण गरेर एक सय शैय्याको मात्रै अस्पताल संचालन गर्ने घोषणा गरेपछि बिरोधमा गर्दै आएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *