दिनेश चौधरी / बेलाैरी, कञ्चनपुर -ईलाका प्रहरी कार्यालय बेलाैरीमा प्रहरी निरीक्षक सन्दिप चन्द्र शाहकाे इन्ट्री भएदेखि तस्करकाे भागाभाग मच्चिएको छ । निरीक्षक शाहले पछिल्लो समय तस्कर तह लगाउदै दिनहुँ लाखौंका अवैध समान बरामद गरिरहेका छन् ।
शुक्रबार पनि ईलाका प्रहरी कार्यालय बेलौरीले भारतबाट भन्सार चोरीछली गरेर ल्याएका अवैध समान बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज सन्दिपचन्द्र शाहले बेलौरीका विभिन्न स्थानबाट अवैध समान र प्रतिबन्धित कुखुरा बरामद गरेको बताए । झण्डै डेढसय क्विन्ट कुखुरा सहित अण्डा बरामद गरेर नष्ट गरिएको उनको भनाइ छ ।
दिनहुँजसो विडी, सूर्ति, तेल, चिनी, हार्वयर, तथा इलाेक्ट्रनिकका अवैध समान सहित मान्छे माेटरसाइकल पनि बरामद गरेर भन्सार चलान भइरहेको बेलाैरी प्रहरीले जनाएको छ ।
यतिमात्र नभइ प्रहरी निरीक्षक शाहले लागूऔषध सेवन तथा ओसारपसारमा संलग्नलाई समेत नियन्त्रणमा लिइ कानुन बमोजिम कार्वाही गरिरहेका छन् ।
स्थानीय शान्तिकाे प्रत्याभूति दिलाउदै अवैध गतिविधि माथि शाहकाे एक्सनलाई स्थानीयले खुलेरै प्रसंशा गरेका छन् ।

