पुर्वमन्त्री लेखककाे एजेण्डा: भारतसंग दोधारा-चाँदनी सुख्खा बन्दरगाह निर्माण गर्न सहमति, निमार्णकाे जिम्मा भारतलाई

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर– पुर्व मन्त्री रमेश लेखककाे चुनावि एजेण्डाकाे रूपमा रहेकाे दाेधारा-चाँदनीमा बन्ने सुख्खा बन्दरगाहकाे निर्माण गर्न नेपाल र भारतबीच सहमति भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा उक्त परियोजना निर्माणको जिम्मा भारतलाई दिइएको हो ।

उक्त सम्झौतामा नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले समझदारी पत्र साटासाट गरे ।

नेपालले वातावरणीय प्रभाव मूल्याङ्‍कन अध्ययन समेत सकिसकेकाे उक्त परियोजना कञ्चनपुरको दोधारा-चाँदनी क्षेत्रमा निर्माण हुनेछ ।

लामाे समय देखि पुुर्व मन्त्री एवं कञ्चनपुर-३ का प्रतिनिधि सभा सदस्य समेत रहेका लेखकले सुख्खा बन्दगाहा ५ बर्ष भित्र बनाउने उदघाेष गर्नु भएकाे थियाे ।

उहाँले कञ्चनपुरलाई त्रिदेशिय नाकाकाे रूपमा विस्तार गर्ने सपना समेत पूरा हुने भएकाे हाे ।

पुर्व  मन्त्री लेखकले चुनवी एजेन्डानै राखेर यश पटक जनता सामु मत मागेका थिए । अब साे कार्य निर्माण हुने भए संगै कञ्चनपुरवासी खुसि भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *