पुर्व मन्त्री लेखकले ओलिलाई लक्षित गर्दै भने : “कञ्चनपुरबाट पानीजहाज चढेर डडेल्धुरा, बैतडी हुदै दार्चुला पुग्ने अनुभूति भयो”

मुख्य खवर राजनीति विशेष समाचार

काठमाडौं- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एमालेप्रति व्यङ्ग गर्दै कञ्चनपुरबाट पानीजहाज चढेर डडेल्धुराहुँदै बैतडी भएर दार्चुला पुग्ने अनुभूति भएको बताएका छन्।

शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै सचेतक लेखकले कञ्चनपुरबाट पानीजहाज चढेर डडेल्धुराहुँदै बैतडी भएर दार्चुला पुग्ने अनुभूति भएको बताएका हुन्।

उनले भने, ‘म महाकाली नदी किनाराको मानिस एक पटकको नीति तथा कार्यक्रम पढ्दा मलाई स्वर्गको अनुभूति भयो। कञ्चनपुरबाट पानीजहाज चढेर डडेल्धुराहुँदै बैतडी भएर दार्चुला पुग्ने अनुभूति भयो।

पानीजहाज पनि चानचुन होइन नर्वेजीन क्रुजजस्तै होला भन्ने अनुमान गरे। यो नीति तथा कार्यक्रममा हाम्रो वास्तविक धरातलमा झरे जुन दिन म जस्ता मान्छे पानीजहाज चढेको होइन। जयसिंह धामी त्यहीँ महाकाली नदीमा डुबेर मरे।

महाकाली नदीमा नर्वेजीन क्रुजको यात्रा र तुइन चुँडेर त्यसै नदीमा मानिस मर्नुको बीचको मर्नुको अन्तरको खाडल हो हामी बीचको।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *