रमेश प्रसाद भट्ट/कञ्चनपुर– सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंहद्धारा बेलडाँडी गाउँपालिका कार्यालय र ईलाका प्रहरी कार्यालयको अनुगमन गरेका छन् ।
नयाँ आर्थिक बर्षका लागि प्रदेश स्तरीय योजना छनौट प्रक्रिया चलिरहका समयमा बेलडाँडीका समस्याका बारेमा बुझन प्रदेश सदस्यद्वय दिवान सिंह बिष्ट र मेघराज खडकाकाे टोलीले ईलाका प्रहरी कार्यालय र गाउँपालिकाकाे साेमबार अनुगमन गर्नु भएकाे हाे ।
कानुन मन्त्री सिंहले त्यहाका समस्या बुझि प्रदेश सरकारबाट सम्बाेधन गर्ने हिसावले अनुगन गरेकाे बताउनु भयाे ।
ईलाका प्रहरी कार्याल बेलडाँडीका प्रमुख प्रहरी निरीक्षक पुस्कर पन्तले प्रहरीलाई गस्ती गर्न गाडीको समस्या भएकाले साे व्यवस्थापन गरिदिन अनुराेध गरेका थिए । प्रहरी निरिक्षक पन्तले पुनर्वासकाे डाेके बजार देखि बेलडाँडी सडकमा सिसिटिभि क्यामेरा जडानका लागिल समेत कुरा राखेकाे र सम्बाेधनका लागि मन्त्री ज्युबाट आश्वासन दिनु भएकाे कञ्चनपुर खबरलाई बताउनु भयाे ।
मन्त्री ज्युले हाम्रो समस्या बुझेर जानू भएकाे छ, प्रहरी निरिक्षक पन्तले बताउनु भयाे । प्रहरीले नव नियुक्त सिंहलाई सलामि दिएका थिए ।
यस्तै मन्त्री सिंहले पालिकाकाे समेत अनुगन गरेर त्यहाकाे वस्तुस्थितिबारे जानकारि लिनु भएकाे गाउँपालिकाले जनाएकाे छ ।
पालिकाकाे सभा कक्षमा गाउँपालिका अध्यक्ष सहितकाे जनप्रतिनिधिकाे टाेलिले मन्त्री सिहकाे स्वगत समेत गरेका थिए ।

