काठमाडौं– कञ्चनपुरकी पत्रकार ऐश्वर्या कुँवर र राजेन्द्र नाथलाई समाचार संकलनका क्रममा प्रहरीले कुटपिट गरी पक्राउ गर्ने माथि कारबाही गर्न नेपाल प्रेस युनियनले माग गरेको छ ।
प्रेस युनियनका महासचिव दिलीप पौडेलले आज एक विज्ञप्ति प्रकाशित गरी पत्रकारलाई कुटपिट, सञ्चार सामग्री नियन्त्रण्मा लिने, धरपकड गरी अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लाउन उद्यत् नेपाल प्रहरीका प्रहरी निरीक्षक बिनु शाही नेतृत्वको टोलीमाथि छानविन गरी कानुन बमोजिम कारबाही गर्न माग गरेका हुन् ।
कञ्चनपुरको भीमदत्त–५ सुकासालमा मा प्रहरी र क्यारिङकर्ता(भारतबाट सामान ल्याउने) हरुबीच झडप भएको अवस्थामा स्थलगत रिर्पोटिङमा गएका पत्रकारद्वय कुँवर र नाथलाई प्रहरी निरीक्षक शाही नेतृत्वको टोलीले कुटपिट गर्दै सञ्चार सामग्री नियन्त्रणमा लिएर पक्राउ समेत गरेको थिथयो ।
नेपाल प्रेस युनियनकी सदस्य रहेकी कुँवर सगरमाथा टेलिभिजनकी संवादाता र स्थानीय आभाषकुन्ज दैनिकमा आवद्ध छिन् भने नाथ नेपाल पत्रकार महासंघ वैतडीका पुर्व अध्यक्ष हुन् । रिर्पोटिङमा गएका पत्रकारलाई प्रहरीबाट कुटपिट गरी नियन्त्रणमा लिने कार्य निन्दनीय भएको युनियनले जनाएको छ ।
शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको प्रहरीबाटै पत्रकार असुरक्षित हुनु दुःखद भएको भन्दै प्रेस स्वतन्त्रता कुण्ठित हुने गरी पत्रकारलाई समाचार संकलनमा अवरोध गर्दै दुव्र्यवहार गर्ने कार्य नगर्न र पत्रकारलाई निर्वाध रूपमा समाचार संकलन गर्ने वातावरण सिर्जना गर्न प्रेस युनियन सरकारको ध्यान आकृष्ट गराएको छ ।
प्रेेस विज्ञप्ति


