पत्रकार महासंघ कञ्चनपुरले माग्याे एसपी थापाको सरुवा, घटनामा संलग्नलाई कार्वाहिकाे माग

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले कञ्चनपुरका प्रहरी प्रमुख एसपी कमल थापाको सरुवा माग्ने निर्णय गरेको छ ।

बुधबार बिहान बसेको बैठकले एसपी थापा पत्रकार मैत्री नभएको र प्रेस स्वतन्त्रता माथि ठाडाे हस्तक्षेप सहित पत्रकार माथि दादागिरी गर्ने गरेकाले सरुवा माग्ने निर्णय गरेको हो ।

कञ्चनपुरको सुकासालमा भिडियो फोटो खिचिरहेका बेला कञ्चनपुर प्रहरीले २ जना पत्रकार राजेन्द्र नाथ र ऐश्वर्या कुँवरलाई नियन्त्रणमा लिएपछि पत्रकार आक्रोशित बनेका छन् ।

घटनामा संलग्न प्रहरीलाई विभागिय कार्वाहि र एस.पि. थापाकाे सरूवाकाे माग गर्न प्रहरी महानिरिक्षकलाई पत्राचार गर्ने निर्णय गरेकाे नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव सिंह धामिले बताउनु भयाे ।

उनले भने “आगामी ५ दिनभित्र एसपी थापाको सरुवा गर्न प्रहरी महानिरीक्षकलाई पत्राचार गर्ने, ५ दिनभित्र सरुवा नभए एसपी सहभागी कार्यक्रम बहिष्कार गर्ने र पत्रकारको सुरक्षाका विषयमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्ने निर्णय समेत भएको बताउनु भयाे ।”

यसरी कञ्चनपुर प्रहरीले पटक-पटक पत्रकार माथि विना कारण कुटपिट गर्ने, पक्राउ गर्ने, धम्काााउने जस्ता कार्य गर्दै आएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *