रमेश प्रसाद भट्ट/कञ्चनपुर- जिल्लाकाे बेलडाँडी गाउँँपालिकाले श्रम स्वीकृत दिने कार्य शुरू गरेकाे छ । मंगलबार (आज) देखि गाउँपालिकाले बैदेशिक राेजगारीमा जान चाहिनेका लागि आवश्यक पर्ने श्रम स्वीकृतिकाे काम दिन शुरू गरेकाे हाे ।
आजबाट शुरू गरेकाे काममा पहिलाे सेवा ग्राहिकाे रूपमा विदेशबाट फर्केर आएका बेलडाँडी गाउपालिकाका स्थनिय उत्तम बहादुर शाहीले पुनःश्रम स्वीकृत लिएकाे गाउँपालिका उपाध्यक्ष शान्ति नाथले कञ्चनपुर खबरलाई जानकारी दिनु भयाे ।
उनले भने “गाउँपालिकामा आएर सेवा लिन सकिने हिसावले हामिले आजबाट काम शुरू गरिसकेका छाै, ढुक्क संग आम बेलडाँडी वासिलाई सेवा लिन आग्रह गर्नु भयाे ।”
सेवाकाे कार्य पालिकाकाे रोजगार सेवा केन्द्र शाखामा आवेदन दिएर श्रम स्वीकृतिकाे सेवा लिन सकिने उपाध्यक्ष नाथले बताउनु भयाे ।
पहिलाे सेवा ग्राहि स्थानिय उत्तम बहादुर शाहिले गाउँकाे आफ्नै पालिकाबाट विना झन्झट, लिन पाएकाे निकै खुसि भएका छन् ।
शाहिले बैदेशिक राेजगार विभागलाई तिर्नु पर्ने कल्याणकारी काेष अर्थात विमा वाफत लाग्ने ३ हजार ८ सय र सामाजिक सुरक्षा काेष वाफत लाग्ने दुई हजार दुई रूपयाँ र अन्यगरी ७ हजार ३ सय दुई रूपयाँ तिरेर श्रम स्वीकृति लिएकाे गाउपालिका अध्यक्ष हरिश्चन्द्र रानाका स्वकिय सचिव कुलैराज उपाध्यायले बताउनु भयाे ।
गाउँपालिकाले आफुले नि:शुल्क रूपमा सेवा दिने गरि काम भईरहेकाे गाउँपालिका अध्यक्षका स्वकिय सचिव उपाध्यायले बताउनु भयाे । उनले भने “बैदेशिक राेजगार विभागमा लाग्ने खर्च विभागकै खातामा सिधै हालिन्छ ।”
अब यसरी पालिबाटै सेवा लिन पाउने भएपछि बैदेशिक राेजगारीमा जाने नेपाली श्रमिकलाई निकै सहज हुनेे भएकाे छ ।

