कञ्चनपुर– नेपाल आदिवासी जनजाति महासंघ बेलाैरीकाे अध्यक्षमा किसन गम्वा (चौधरी) चयन भएका छन् ।
आइतबार सम्पन्न नगर परिषद्काे चाैंथाे अधिवेशनबाट गम्वा नगर अध्यक्षमा चयन भएका हुन्। बेलाैरी नगरपालिकाका कर्मचारी समेत रहेका गम्वा जनप्रिय र समुदायमा लाेकप्रिय मानिन्छन् ।
थारु समुदायमा भलमन्साकाे नेतृत्व सम्हालेका अध्यक्ष गम्वा नेपाल कानुन लेखापढी व्यवसायका अनुमति पात्र व्यक्ति हुन् । उनको नेतृत्वमा जनजाति महासंघले ११ सदस्यीय नगर कमिटी गठन गरेको छ ।

सचिवमा विनिता मगर, वरिष्ठ उपाध्यक्ष दुर्गा श्रेष्ठ, महिला उपाध्यक्ष लक्ष्मी चाैधरी, उपाध्यक्ष शाेभा गुरुङ, मुख्य सचिव शुक्रराज राना, काेषाध्यक्ष राेशन थापा चयन भएका छन् । भने सदस्यमा अर्जुन श्रेष्ठ, विमला राना र अमर बहादुर राई रहेका छन् ।
यस्तै, केही सदस्य मनाेनित गर्न बाकी रहेकाे बताउँदै अध्यक्ष गम्वाले आफुलाई महासंघको हितका लागि अध्यक्ष जस्तो गरिमामय पदमा जिम्मेवारी प्रदान गर्नुहुने महानुभाव प्रति आभारी हुदैं धन्यवाद व्यक्त गरेका छन् ।

उक्त कार्यक्रम बेलाैरी नगर प्रमुख पाेतीलाल चाैधरीकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । नगरप्रमुख चाैधरीले नव निर्वाचित पदाधिकारीहरु लाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

