ज्ञानेन्द्र महताले गरे पत्रकार महासंघको सदस्यता परित्याग

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका साधारण सदस्य ज्ञानेन्द्र सिह महताले साधारण सदस्यता परित्याग गरेका छन ।

गत माघदेखि राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेशको जिम्मेबारी पाएपछि सकृय राजनीतिमा होमिएका पत्रकार महताले पत्रकार महासंघ शाखा कञ्चनपुरको साधारण सदस्य परित्याग गरेका हुन ।

महताले एक प्रेस विज्ञप्ती जारी गर्दै २८ माघ ०७९ देखि राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिई सकृय राजनीतिमा होमिएकाले विश्व प्रेस स्वतन्त्रताकै दिन साधारण सदस्यता परित्याग गरेको घोषणा गरेका हुन ।

भीमदत्त नगरपालिका १८ महेन्द्रनगर निवासी महता सदस्यता परित्याग र नविकरण नगर्ने जनाउँदै पत्रकार महासंघ शाखा कञ्चनपुरलाई जानकारी गराएका छन । महता रेडियो राष्ट्रिय, झिलमिला एव जनबोलीका संचालन हुन ।

उनले पत्रकारिता पेशा परित्याग गर्दै सकृय राजनीतिमा होमिएसंगै पत्रकारिता पेशालाई स्वच्छ, मर्यादित बनाउन भुमिका निर्वाह गरेको जनाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *