पुर्वमन्त्री लेखकद्वारा महाकाली करिडोर जिरो प्वाईन्टको अनुगमन, दशैसम्म काम सक्न ठेकेदारलाई निर्देशन

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रशाद भट्ट/कञ्चनपुर- पुर्वमन्त्री एव काँग्रेस मुख्य सचेतक रमेश लेखकले कञ्चनपुर खण्डमा निर्माणधिन महाकाली कोरिडोरको अनुगमन गरेका छन ।

आइतबार लेखक सहितका प्रदेशका जनप्रतिनिधी, भीमदत्त नगरका नगर प्रमुख उप-प्रमुख सहित जनप्रतिनिधीले महाकाली करिडोर जिरो प्वाईन्टको अनुगमन गरेका हुन ।

भीमदत्त नगरपालिका-९ ब्रम्हदेबदेखि उत्तर डडेल्धुरा, बैतडी, दार्चुला हुदैचिन जोड्ने महाकाली कोरिडोरको अनुगमन गरेका छन ।

कञ्चपुरकाे भिनपा-९ क्षेत्रमा पर्ने वन क्षेत्र खण्डको झण्डै ११ किलोमिटर ट्याक खोल्नका लागि सन्नीदेव दिवा जेभीले ठेक्का पाएको छ ।

ब्रम्हदेबदेखि उत्तर निर्माण हुने कोरिडोरको अनुगमन गर्दै पुर्व मन्त्री लेखकले निर्माण कञ्चनपुरको नाकालाई त्रिदेशीय नाका विस्तारका लागि निर्माण हुने कोरिडोर समयमै सम्पन्न गर्न निर्माण कम्पनीसंगआग्रह गरेका छन । उहाँले आउदाे दशै सम्ममा बाटाे खाेल्ने गरि काम सक्न ठेकेदारलाई निर्देशन दिएका हुन ।

उनले भने ” चुनावका बेला जनतासामु गरेका वाचा पूरा गर्ने हिसावले आफू याेजनाबद्व रूपमा काम गरिरहेकाे बताउदै दशै सम्ममा करिडाेरकाे बाटाे खाल्ने काम सकिने बताए ।”

५ बर्ष भित्र जनता संग गरेका सबै बाचा पूरा पर्ने समेत बताउनु भएकाे छ । यस्तै उहाँले साे क्षेत्रका विभिन्न स्थान र जनता संग भेटघाट गरि समस्या बुझ्दै विकासका लागि सुझाव समेत लिनु भएकाे छ ।

भिमदत्त नगरपालिकाका नगर प्रमुख पदम बाेगटिले करिडाेर निर्माण भए जिल्लाकै आर्थिक, समाजिक, व्यापारीक रूपमा निकै टेवा पुग्ने बताउदै अब छिट्टै काम सक्ने गरि कार्यफअघि बढेेकाे बताए ।

भीमदत्त नगरकी उपमेयर निलक लेखकले चुनावका बेला जनप्रतिनिधीले बोलेका बाचा अनुरुप सडक निर्माण कार्य अघि बढेको बताईन ।

दिवा शनिदेव जेभिका ठेकेदार दवि दत्त भट्टले कामलाई तिव्र गतिमा अघि बढाएकाे बताए । उनले भने ” दशै सम्ममा काम पूरा गर्ने गरी जशक्ति समेत वृद्धि गरेकाे बताए ।”

महाकारी कोरिडोर निर्माण भएसंगै कञ्चनपुरदेखि दार्चुैलासम्म मात्रै नभई नेपाल भारत चिन त्रिदेशीय नाकाकै रुपमा विकास विस्तार हुने अपेक्षा गरिएको छ । कञ्चनपुर देखि दार्चुला सम्म जम्मा ४ सय ४० किलाेमिटर सडक निर्माण गरिन लागेकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *