बेलडाँडी गाउँपालिकाले भन्याे- “विद्यार्थी भर्नाका नाममा शुल्क नलिनु”

Uncategorized

कञ्चनपुर–  जिल्लाको बेलडाँडी गाँउपालिकाले चालु शैक्षिक सत्र ०८० मा विद्यार्थी भर्नाका नाममा अनावश्यक शुल्क नलिन सामुदायिक विद्यालयलाई निर्देशन जारी गरेको छ ।

बेलडाँडी गाँउपालिका कार्यपालिका बैठकले विद्यार्थी भर्नाका नाममा शुल्क नलिनु लिएको भएपनि अभिभावकलाई फिर्ता गर्न निर्देशन जारी गरेको हो ।

११ बैशाखमा गाँउपालिका कार्यपालिका बैठकले भर्ना तथा विभिन्न सेवा शुल्कको नाममा विद्यार्थीबाट रकम अशुलिरहेको गुनासो आएकाले यदी त्यसो गरेको भए फिर्ता गर्नु नभए अबउपरान्त शुल्क नलिएरै विद्यार्थी भर्ना गर्नु गराउन निर्देशन जारी गरेको छ ।

कार्यपालिका बैठकले गरेको निर्णय बारे सम्बन्धीत विद्यालयलाई जानकारी गराउन सार्वजनिक सुचना जारी गरिएको बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाका स्वकीय सचिव कुलैराज उपाध्यायले बताए ।

उनका अनुसार प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीद्वारा हस्ताक्षरित गरिएको पत्रमा सम्बन्धीत सामुदायिक विद्यालयलाई जानकारी गराईएको छ ।बेलडाँडीमा १४ सामुदायिक विद्यालय छन ।

यस्ताे छ, सुचना

Leave a Reply

Your email address will not be published. Required fields are marked *