अत्तरियाकाे न्यु सत्कार हाेटलमा कञ्चनपुरका एक जनाकाे रहस्यमय मृत्यु

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर- कैलालीको गोदावरी नगरपालिका (अत्तरिया)को एक होटलमा कञ्चनपुरका एक जना हाेटलमा रहस्यमय तरवले मृत फेला परेका छन्।

गोदावरी नगरपालिका पहाड रोड बसपार्क अगाडी रहेको न्यु सत्कार होटल एण्ड लजमा बास बसेका कञ्चनपुरकाे बेलडाँडी-१ घर भएका अन्दाजि ४० वर्षीय मोहनसिंह डडाल कोठाभित्रै रहस्यमय ढंगले मृत अवस्थामा फेला परेका हुन्।

दार्चुलाको ब्यास गाउँपालिका–३ मा समेत घर भएका उनी दार्चुलामा स्थाई शिक्षकमा कार्यरत शिक्षक हुन । उनि होटलमा १० गते राति देखि बास बसेका थिए ।

उनी होटलकै कोठाभित्र मृत अवस्थामा १२ गते साँझ फेला परेको कैलाली प्रहरीले वनाएकाे छ । उनका आफन्तलाई  खबर गरेपछि आज मात्र आइपुगेकाले शवको पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा पुर्याइएको प्रहरीले जनाएको छ।

रहस्यमय तवरले होटलमा घटेको घटनाको विषयमा प्रहरी अहिले अनुसन्धान गरिरहेको छ। घटना भएकाे खबर पाउनाले डडाल परिवार शेकमा डुवेकाे छ ।

पारिवारक स्रोतका अनुसार घटना रहस्यमय रहेकाे र साे घटनाकाे सत्यतथ्य रूपमा छानविन गरि दाेषिमा हदै सम्मकाे कार्वाहिकाे माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *