कञ्चनपुर – बेलौरी उद्योग वाणिज्य संघको अध्यक्षमा हिरासिंह विष्ट निर्वाचित भएका छन् ।
विष्टले आफ्ना प्रतिस्पर्धी लक्ष्मी नारायण चौधरीलाई १९ मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।
विष्टले २४८ र चौधरीले २२९ मत ल्याएका थिए ।
बरिष्ठ उपाध्यक्षमा डम्बर दत्त भट्ट निर्वाचित भएका भट्टले आफ्ना प्रतिस्पर्धी जल बहादुर चौधरीलाई ५१ मतको अन्तरले हराउँदै बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन ।
भट्टले २५९ र चौधरीले २०८मत ल्याएका थिए । सदस्यमा देव ब. शाही,भवेश्वर पाण्डेय,यम ब. खत्री,कृष्ण प्रशाद बगाले,धनराज सुवेदी, दिनेश कुँवर,आषिस सुनार,रामेश्वर न्यौपाने निर्वाचित भएका छन । कुल ५२९ मतदात मध्ये ५०४ मत खसेका थिए ।
जसमध्ये १५ मत बदर भएका थिए । बेलौरी उद्योग वाणिज्य संघको नव निर्वाचित अध्यक्ष हिरासिह विष्टले उद्योगी व्यवसायीका हकहितका क्षेत्रमा काम गर्ने प्रण गरेका छन् ।
बेलौरी उद्योग वाणिज्य संघको तेस्रो कार्यकारणी समिति चयनका लागि शनिबार अध्यक्ष, बरिष्ठ उपाध्यक्ष र ८ सदस्यका लागि चुनाव भएको थियो । भने बाँकी पदमा यस अघि नै निर्बिरोध चयन भएका थिए ।
निर्वाचित भए संगै यतिबेला उनका शुभेच्छुक शुभचिन्तकहरुले बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन् ।

