बेलाैरीमा बाघकाे आक्रमणमा परेकि चन्द मृत भेटिए

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– बेलाैरी नगरपालिका ८ पचुईकी ४२ बर्षिया गंगा चन्दलाई आक्रमण गर्ने बाघ शुक्रबार बिहान ८ बजेतिर फेला परे संगै गंगा पनि मृत फेला परेकी छिन ।

गंगाकाे शरिरका विभिन्न भागमा आक्रमण गरिएकाे अवस्थामा शव मृत फेला परेकाे ईलाका प्रहरी कार्यालय बेलाैरीका प्रहरी निरिक्षक सन्दिपचन्द्र शाहले जानकारी दिनु भयाे । उहाँकाे शव पाेष्टमार्ट गरिने लगिएकाे बताउनु भयाे ।

श्रृखलाबद्ध रुपमा मानिस माथि आक्रमण गर्दै आएको बाघलाई नियन्त्रणका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट बाघ विज्ञ डा. दीनेश देवकोटा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आभास श्रेष्ठ सहित हात्ती परिचालन गरिएका थिए ।

 

No description available.

दुई दिनदेखि बाघ र मानिसको खोजी गरेपनि बाघ फेला परेर नियन्त्रणमा लिईएको छ । भने गंगा पनि घटना स्थल क्षेत्रमै मृत फेला परेकी छिन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक कुमार मेहताले डार्टबाट बाघ नियन्त्रमा लिईएको बताए ।

No description available.

घटना स्थलदेखि बाघलाई निकुञ्जतर्फ लगेपनि कहाँ छाड्ने अध्ययन पछि मात्रै एकिन गरिने उनले बताए । सोही बाघले गत १० चैत्रमा पुनर्वास नगरपालिका १० विकास बस्तीकी कलसा सार्कीलाई आक्रमण गरेको ठिक एक महिनामै बेलौरी नगरपालिका ८ पचुई कलकत्ताकी अन्दाजि ४१/४२ महिला गंगामाथि आक्रमण गरेको हाे।

पुनर्वासकी सार्की महिलामाथि आक्रमण गरेको दुई साता पछि भारत लखिमपुर खिरीकी एक भारतीय महिलामाथि आक्रमण गरेको थियो ।

शुक्रबार बिहान खेतमा घाँस काटन गएकी गंगालाई बाघले आक्रमण गरेर आफ्नो नियन्त्रणमा राखेको स्थानीयले बताएका थिए । मानिस माथि यसरी  श्रृखलाबद्ध आक्रमण गर्न थालेपछि सीमावर्ती नेपाल भारतका स्थानीय त्रसित भएका छन् । यतिबेला गंगाकाे शव श्रीपूर प्राथमिक स्वास्थ्य केन्द्र बेलाैरीमा राखिएको छ ।

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *