बालुवाटारमा राति प्रहरीबाटै चल्यो गोली, वर्षमान पुनकी आमा घाइते

मुख्य खवर राजनीति विशेष समाचार

काठमाडौं – काठमाडौंकाे वालुवाटारस्थित गौरीधारामा भीआईपीको सुरक्षामा खटिएका प्रहरीले गोली चलाएका छन् ।

सुरक्षा स्रोतका अनुसार माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनकी आमा बस्ने गरेको वालुवाटारको घरमा गोली चलेको हो ।

उक्त प्रहरीले चलाएको गोली लागेर वर्षमानकी आमा घाइते भएकी छन् । उनको खुट्टामा गोली लागेको हो ।

गोली चलाउने प्रहरीलाई राति करिब १ बजे नियन्त्रणमा लिएर प्रहरी प्रधान कार्यालयमा लगिएको जनाइएको छ । हाल उनीमाथि अनुसन्धान भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *