साउदीमा प्रथम दम्माम १ लाख ७७ हजार धनराशिको प्रथम भेट्रान गोल्डकप फुबल प्रतियोगिता हुने

मुख्य खवर मोडल विशेष समाचार

साउदी/२९,चैत -खेलकुदले मा सबै भन्दा लोकप्रिय खेल फुटबल सबैको मन जनमा बस्ने गर्दा साउदीको पुर्बि क्षेत्र खोबरमा प्रथम दम्माम भेट्रान गोल्डकप फुबल प्रतियोगिताको आयोजना हुने भएको छ।

साउदीमा कार्यरत नेपाली श्रमिक बीच करिव १ लाख ७७ हजार प्रथम पुरस्कार राशी रहेको प्रथम दम्माम भेट्रान गोल्डकप-२०२३ फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको हो।

नयाँ बर्ष २०८० तथा मुस्लिम धर्मालम्बिहरुको महान चाड इद अल- फित्रको उपलक्ष्यमा दमाम भ्रेटान फुटबल क्लब साउदी अरबले खुल्ला नकआउट फुटबल प्रतियोगिता आयोजना गरिने क्लबका महासचिव पासाङ्ग शेर्पा ले बताउनु भयो। उनका अनुसार प्रतियोगिता दुई दिन सम्म सञ्चालन हुने छ।

प्रतियोगिता २०८० बैशाख ८ र ९ गते अर्थात (२०२३ अप्रिल २१ र २२ तारिख) दिउसो ३ बजे अलतुक्बा क्लबको खेल मैदान अजिजिया , अल खोबरमा उद्धघाटन हुने छ।

गोल्डकपमा टिम दर्ता शुल्क ७ सय साउदी रियल रहेको छ । प्रतियोगिता बिजेता च्याम्पियन टिमले ५ हजार १ सय ५१ साउदी रियल( नेपालि १ लाख ७७ हजार ) र उप-बिजेता टिमले २ हजा् ५ सय २५ साउदी रियाल ( नेपालि ८९ हजार ) ट्रफि, प्रमाणपत्र , मेडल हात पर्ने छन् भने प्रतियोगिताका हरेक खेलको उत्कृष्ट खेलाडीलाई समेत ट्रफि, मेडल र प्रमाणपत्र समेत प्रदान गरिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *