सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी नेता भट्टले बद्वाश्रममा मनाए जन्मउत्सव

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर – नेपाल विद्यार्थी संघका नेता दिनेशराज भट्टले बृद्धश्रममा फलफुल वाडेर जन्म दिन मनाएका छन् । उनले साेमबार आफ्नो २३ औं जन्म उत्सवको अवसरमा महेन्द्रनगरमा रहेको एक बृद्धाश्रममा फलफूल वितरण गरेर जन्मदिन मनाएका हुन।

महेन्द्रनगरमा समाजसेवी शारदा चन्दले सञ्चालन गर्दै आएकाे बृद्वाश्रममा रहेका ६३ जना बृद्व बृद्वाहरूलाई फलफुल वितरण गरी जन्मदिन मनाएकाे नेता भट्टले बताउनु भयाे ।

 भट्ट सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस अन्तर्गत व्यवस्थापन संकाय अन्तर्गत स्नातक तह बिबिएस चौथो वर्षमा अध्यनरत नेपाल विद्यार्थी संघका नेता हुन ।  बृद्धाश्रम मा आमा बुवा लाई फलफुल वितरणका साथ केक काटेर आफ्नो जन्मोत्सव मनाएका छन् ।

बेलडाँडी गाउँपालिका वडा-२ घर भएका विद्यार्थी नेता भट्टले बृद्धश्रममा आफ्नो जन्म दिन मनाउन पाउँद निकै खुसि रहेकाे बताउदै आगामी बर्षहरूमा समेत समाजिक कार्यक्रम गरि जन्म दिन मनाउने बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *