प्रधानमन्त्री `प्रचण्ड´ भोलि कञ्चनपुर आउने, जिल्लाकाे सुरक्षा व्यवस्थामा कडाई

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर- प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भोलि आइतबार आउनुहुने भएकाे छ । प्रचण्ड सुदूरपश्चिम विश्वविद्यालयकाे दिक्षान्त समाराेहकाे अध्यक्षता ग्रहण गर्न कञ्चनपुर आउन लाग्नु भएकाे हाे ।

उहाँ सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पनि हुन । दिउसाे १२:३० बजे देखि दिक्षान्त समाराेह कार्यक्रम आयोजना गरिने कार्यक्रम रहेकाे सुदूरपश्चिम विश्वविद्यालयले जनाएकाे छ ।

प्रधानमन्त्री कञ्चनपुर आउने कार्यक्रम रहेसंगै जिल्लाकाे सुरक्षा व्यवस्थामा समेत कडाई गरिएकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँँगीले बताउनु भयाे ।  उनले कञ्चनपुर खबर संग भने “महेन्द्रनगर राजमार्ग सहित समग्र जिल्ला भरीकाे सुरक्षा व्यवस्थामा कडाई पारिएकाे बताउनु भयाे ।”

आइतबार विहान धनगढि एयरपाेर्ट देखि कञ्चनपुर ल्याईने कार्यक्रम छ, उहाँले भने `ठाउँ-ठाउँमा चेकजाँच र सुरक्षमाकर्मि समेत परिचालन गरिएकाे बताउनु भयाे ।´

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *