बेलडाँडी प्रहरीद्वारा अबैध बाेईलर कुखुरा नष्ट

मोडल राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर – ईलाका प्रहरी कार्यालय बेलडाँडीले बरामद गरेकाे अबैध बाेईलर कुखुरा नष्ट गरेकाे छ ।

शुक्रबार राति ११ बजेतिरकाे समयमा प्रहरी चाैकी झिलमिलाबाट खटिएकाे प्रहरी गस्तिले बेलडाँडी-३ बलराम टाेल क्षेत्रबाट अबैध रूपमा भन्सार छलि गरि भारतबाट ल्याईएका अबैध बाेईलर ईलाका प्रहरी कार्यालय बेलडाँले नष्ट गरेकाे हाे ।

भारतबाट भन्सार छलि गरि ल्याईएका ३२ पिस अबैध बेवारिसे बाईलर कुखुरालाई शनिबार आज ईलाका प्रहरी कार्यालयकाे परिसरमा जनप्रतिनिधि र सराेकारवालाकाे उपस्थितिमा नष्ट गरिएकाे ईला प्रहरी कार्यालय बेलडाँडीका प्रमुख प्रहरी निरक्षक पुष्कर पन्तले कञ्चनपुर खबरलाई जानकारी दिनु भयाे ।

उनले भने `३२ पिस बेवारिसे अन्दाजि ७० केजि अबैध कुखुरा बरामद गर्याे, सिमा क्षेत्रमा हुने तस्करी नियन्त्रण कार्य अन्तरगत बेलडाँडीमा कडाई समेत गरेकाे उनले बताउनु भयाे ।´

आफू काजमा आएकाे एक हप्ता जति भयाे, एरिया खुला सिमा नाका संग जाेजिएकाले प्रहरी जनशक्तिले भ्याए जति आफ्नो एरियामा सुरक्षा व्यवस्थामा कडाई गरेकाे बताउनु भयाे  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *