शिक्षक संघले बेलडाँडी गाउँपालिकालाई बुझायाे ५ बुदे माग सहितकाे ज्ञापन

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर- नेपाली काँग्रेस निकट नेपाल शिक्षक संले बेलडाँडी गाउँँपालिकालाई ५ बुदे माग सहितकाे श्ररज्ञापन पत्र बुझाएकाे छ । बुधबार शिक्षक संघ बेलडाँडीले शिक्षा सम्बन्धि ५ बुदे माग राख्दै गाउँपालिका अध्यक्ष हरिश्चन्द्र राना र उपाध्यक्ष शान्ति नाथ समक्ष ज्ञापन पत्र बुझाएकाे हाे ।

“हाामिले शिक्षामा सुधारहाेस भन्ने हेतका साथै लामाे समय देखि सामुदायिक विद्यालयमा न्युन पारश्रमिकमा काम गरिरहेका निजि क्षेत्रका शिक्षककाे उचित व्यवस्थापनका लागि गाउँ शिक्षा ऐनमा समावेश गरि व्यवस्थापन गरियाेस भन्ने मुख्य माग सहित थप ४ माग राख्दै गाउँपालिका अध्यक्ष रा र उपाध्यक्ष नाथ समक्ष ज्ञापन पत्र बुझाएकाे शिक्षक संघ बेलडाँडी अध्यक्ष दिल बहादुर सिंहले कञ्चनपुर खबरलाई जानकारी दिनु भयाे ।”

उनले भने “शिक्षक सेवाबाट सिफारिस भई आएका शिक्षककाे पदस्थापन गर्दा कार्यरथ शिक्षक वस्थापित हुन आएमा पालिका भित्र रिक्त राहात, अनुदान र करार शिक्षकका रूपमा स्थापित गर्न समेत माग राखेकाे बताउनु भयाे ।

यस्तै शैक्षिक गुणस्तर कायम राख्न ५ बर्षे सेवा अवधि पुगेका शिक्षककाे सरूवाकाे व्यवस्थाकाे समेत माग राखिएकाे शिक्षक संघ बेलडाँडीका अध्यक्ष सिंहले बताउनु भयाे ।

समय सापेक्ष रूपमा नयाँ प्रविधिकाे प्रयाेगका लागि पुनर्ताजकिकाे तालिम हुनुनुपर्ने र पालिका भित्रका शिक्षकाे मुल्यांकन उत्कृष्ट शिक्षक पुरूस्कारकाे व्यवस्था गरिनु पर्ने माग सहित ज्ञापन पत्र बुझाएकाे शिक्षक संघ बेलडाँडीका अध्यक्ष सिंहले बताउनु भयाे ।

यस सन्दर्भमा गाउँपालिका अध्यक्षले सकारात्मक प्रतिकृया दिनुभएकाे छ, उनले भने `बेलडाँडीमा शिक्षाकाे गुणस्तर सुधार गर्न शिक्षकनै अध्यक्ष हुनुभएकाे छ, उहाँ पनि यस अघि शिक्षकनै हुन, उहाँलाई शिक्षा सुधारमा गर्नु पर्ने कामका बारे थुप्रै थाहा समेत रहेकाे बताए ।´

गाउँपालिका अध्यक्ष रानाले मागहरूलाई गम्भीर रूपमा लिएर शिक्षा सुधारमा उचित याेजानानै बनाएर काम गर्ने प्रतिबद्वता जाहेर गरेकाे बताउनु भएकाे छ ।

यस्ताे छ, ज्ञापन पत्र 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *